भारत भ्रमणबारे स्थायी समितिलाई प्रचण्डको ब्रिफिङ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका स्थायी समिति सदस्यहरुलाई आफ्नो भारत भ्रमणबारे ब्रिफिङ गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठक अध्यक्ष कमरेड प्रचण्डले भोलिदेखि हुन गइरहेको भारतको तीन दिने भ्रमणको तयारी बारे जानकारी दिएका हुन् ।
करिब २ महिना पहिले नै नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले आफूलाई भेटेर भारतको तर्फबाट उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिएको प्रचण्डको भनाइ थियो । भेटको अवसरमा प्रचण्डले जुलाईको पहिलो वा दोस्रो सातासम्म भ्रमण सम्भव हुने जवाफ दिएका थिए ।
सोहीअनुसार नै भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाले अध्यक्ष प्रचण्डलाई भारत भ्रमणको औपचारिक पत्राचार गरेको प्रचण्डको भनाइ थियो । पार्टीका स्थायी समिति सदस्यहरुले अध्यक्षको भारत भ्रमण सफलताको शुभकामना व्यक्त गर्दै भ्रमणले दुई देश बीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा