बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सकहरूमाथि आक्रमण हुने क्रम घट्ने संघको विश्वास

बिहीबार, ३० असार २०७९, २० : ५१
बिहीबार, ३० असार २०७९

नेपाल चिकित्सक संघले “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९” पारित भएपछि स्वागत गरेको छ । संघले बुधबार पत्रकार सम्मेलन स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा काम गर्न स्वास्थ्यकर्मीहरूको शान्ति सुरक्षाको साथसाथै सेवा गर्ने वातावरण बनाउनका लागि लागि पटक पटक राजनीतिक दलसँग आग्रह गदै आएको संघका  अध्यक्ष डा त्रिलोचन कार्कीले बताए ।

अध्यक्ष कार्कीले  भने,  ‘हामी खुसी छौँ, हाम्रा अग्रज चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल वा स्वास्थ्य संस्थाहरूले पूर्ण सुरक्षाका लामो समयदेखि उठाउँदै आएको विभिन्न आवाज र दबाबमूलक कार्यक्रमहरूको उपलब्धि स्वरूप २०६६ सालमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र सोको नियमावली जारी भएको हो ।’ 

पत्रकार सम्मेलनमा सङ्घका महासचिव डा .बद्री रिजालले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा समर्पित भई दिगो स्वास्थ्य प्रणालीका लागी  प्रयासरत रहँदै आए पनि चिकित्सकहरूमाथि चन्दा आतङ्क अपहरण,साङ्घातिक आक्रमण, अस्पतालमा हुन गएको तोडफोडबाट ग्रसित हुने क्रम घट्ने विश्वास व्यक्त गरे ।

उनले भने,  ‘स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा काम गर्न स्वास्थ्यकर्मीहरूको शान्ति सुरक्षाको साथसाथै नेपाली बासीमा सेवा गर्ने वातावरण बनोस् भन्नको लागी पटक पटक राजनीतिक दलसँग  आग्रह गदै आएका थियौ, मानव जीवनको अत्यन्तै महत्त्वपूर्ण र संविधानमा उल्लेखित मौलिक अधिकार प्राप्तिको लागी खटिने स्वास्थ्यकर्मीहरूको लागी कानुनहरू तर्जुमा हुनुपर्ने उद्देश्यमा संघ स्थापनाकालदेखि नै लागि रहेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रमिला भट्ट
प्रमिला भट्ट

भट्ट प्रशिक्षार्थी पत्रकार हुन् । 

लेखकबाट थप