सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

सिद्धार्थनगर कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

बिहीबार, ३० असार २०७९, २० : ४५
बिहीबार, ३० असार २०७९

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १२ वर्षमाथि उमेर समूहलाई कोभिड–१९ रोगविरुद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा भएको छ । सिद्धार्थनगरमा १२ वर्षमाथिका ६२ हजार १५६ जनालाई खोप लगाउनुपर्नेमा लक्ष्यभन्दा बढी खोप लगाइएपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले बताए । नगरपालिकाका ६२ हजार ९७५ जनालाई पूर्ण मात्रा खोप  लगाइएको उनले जानकारी दिए ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले नगरपालिकालाई कोभिडविरुद्धको पूर्ण खोप पालिका घोषणा गर्दै पछिल्ला दिनहरूमा कोभिडको संक्रमण फेरि बढ्न थालेकाले सबैले सतर्कता अपनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख उमा अधिकारी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नमुना एकीकृत विकास परिषद् रुपन्देहीका अध्यक्ष ज्ञानु पौड्याल लगायतले कोभिडविरुद्धको खोप कार्यक्रममा सबैले सहयोग गर्नुपर्ने बताएका थिए ।

रुपन्देहीमा यसअघि बुटवल उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप