बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा जन्मिएकाले नेपाली नागरिकता पाउनुपर्छ : रिजाल

बिहीबार, ३० असार २०७९, १८ : ३६
बिहीबार, ३० असार २०७९

 सत्तारुढ नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नेपालमा जन्म भएकाले नेपाली नागरिकता पाउनु पर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विद्येयक सम्बन्धि छलफलमा बोल्दै सांसद रिजालले विदेशीले पाउनु नहुने र नेपालमा जन्म भएकाले नेपाली एउटा अनुहारका नागरिकले सहजै नागरिकता पाउने अर्काे अनुहारकाले विदेशी हो भनेर नागरिकता नदिने हो भने देशको उन्नती हुन नसक्ने दावी गरे ।

सांसद रिजालले नेपाली नागरिकले नेपालको नागरिकता पाउनुपर्छ भनेर संविधानले लेखेको भए पनि अहिलेसम्म सबै नागरिकले नागरिकता प्राप्त गर्न नसकेको भन्दै साढे पाँच वर्षदेखि नागरिकता ऐन आउला र नागरिकता पाउँला भनेर मानिसहरु पर्खिरहेको बताए ।

रिजालले अहिलेको नागरिकता विधेयकले नै सबै समस्या समाधान भने नगर्ने बताए ।

‘एउटा अनुहारका नागरिकले सहजै नागरिकता पाउने र अर्को अनुहारका मानिसहरुलाई मधेशी होइन विदेशी हो भनेर नागरिकता नदिने बाटोबाट कहिल्यै पनि देशको उन्नती हुँदैन’, रिजालको भनाइ छ ।

उनले कुनै पनि विशेष खालको अनुहारलाई नेपालको नागरिक होइन भन्ने कुनै पनि अधिकार नभएको भन्दै यहाँ बस्ने सांसद हौला,जनताका प्रतिनिधि हौला तर नेपालमा जन्मेको नेपालमा नागरिकता पाउने अधिकार भएको कुनै पनि व्यक्तिलाई नागरिकताबाट बन्चित गर्ने अधिकार नभएको बताए । ‘साढे पाँच वर्ष देखि मान्छेहरु पर्खिएर बसेका छन् । सटिफिकेट,रोजगारी,विदेश जान पाएको छैनन् । त्यसलाई कतिदिनसम्म रोक्ने ? यो गलत छ यसको अन्त्य हुनुपर्छ’, रिजालले भने, ‘यो नागरिकताको विद्येयकमा अन्य धेरै पक्षहरु पनि छन् । गैरआवासी नेपाली नागरिकताको पक्ष छ । त्यसमा सांस्कृतिक,आर्थिक । सामाजिक अधिकार भनिएको छ । आर्थिक अधिकारमा अहिले पनि विभेद छ ।’

नेपाली नागरिकलाई नागरिकता लिनबाट बन्चित हुनु पर्ने अवस्थाको अब अन्त्य गर्नु पर्नेमा रिाजलको जोड छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप