‘अन्तरघातीलाई कारबाही गर्ने हो भने पहिला देउवा र पौडेलमाथि कारबाही हुनुपर्छ’
नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले स्थानीय तहको निर्वाचनमा भएको भनिएको अन्तरघातमा संलग्नलाई कारबाही गर्ने हो भने सबै भन्दा पहिला सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि कारबाही हुनुपर्ने बताएका छन् । उनीहरुले गठबन्धनको नाममा अरु पार्टीलाई भोट हाल्न भनेर निर्देशन दिएको भन्दै उनीहरु नै कारबाहीको भागिदार हुनुपर्ने बताए ।
‘अन्तरघातीलाई कारबाही गर्ने हो भने सबै भन्दा पहिले रामचन्द्र पौडेल र शेरबहादुर देउवालाई कारबाही गर्नुपर्छ । गठबन्धनको नाममा उहाँहरुले नै अरु पार्टीलाई भोट हाल्न लगाउनु भएको छ’, उनले भने, ‘गठबन्धनको नाममा अन्य पार्टीलाई भेट हाल्न लगाउने अनि अहिले कारबाही गर्ने भन्न मिल्छ ?’
उनले बरु बागी उठेकाहरुमाथि भएको निलम्बन फुकुवा गर्नुपर्ने उनले बताए । उनले पार्टीलाई एकताबद्ध बनाएर जान पनि निलम्बन फुकुवा हुनुपर्ने बताए ।
केसीले सरकारको कार्यसम्पादन राम्रो नभएको पनि जिकिर गरे । यस्तै पार्टीका विभाग र भ्रातृ संस्थालाई पूर्णता दिन पनि केसीले बैठकमा माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण