‘अन्तरघातीलाई कारबाही गर्ने हो भने पहिला देउवा र पौडेलमाथि कारबाही हुनुपर्छ’
नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले स्थानीय तहको निर्वाचनमा भएको भनिएको अन्तरघातमा संलग्नलाई कारबाही गर्ने हो भने सबै भन्दा पहिला सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि कारबाही हुनुपर्ने बताएका छन् । उनीहरुले गठबन्धनको नाममा अरु पार्टीलाई भोट हाल्न भनेर निर्देशन दिएको भन्दै उनीहरु नै कारबाहीको भागिदार हुनुपर्ने बताए ।
‘अन्तरघातीलाई कारबाही गर्ने हो भने सबै भन्दा पहिले रामचन्द्र पौडेल र शेरबहादुर देउवालाई कारबाही गर्नुपर्छ । गठबन्धनको नाममा उहाँहरुले नै अरु पार्टीलाई भोट हाल्न लगाउनु भएको छ’, उनले भने, ‘गठबन्धनको नाममा अन्य पार्टीलाई भेट हाल्न लगाउने अनि अहिले कारबाही गर्ने भन्न मिल्छ ?’
उनले बरु बागी उठेकाहरुमाथि भएको निलम्बन फुकुवा गर्नुपर्ने उनले बताए । उनले पार्टीलाई एकताबद्ध बनाएर जान पनि निलम्बन फुकुवा हुनुपर्ने बताए ।
केसीले सरकारको कार्यसम्पादन राम्रो नभएको पनि जिकिर गरे । यस्तै पार्टीका विभाग र भ्रातृ संस्थालाई पूर्णता दिन पनि केसीले बैठकमा माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि नववर्ष अर्थात् २०८२ प्रारम्भ
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल