बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

सङ्कट बढ्दै गएपछि श्रीलङ्काको संसद् नजिकै सेनाका ट्याङ्क तैनाथ

बिहीबार, ३० असार २०७९, १७ : ५३
बिहीबार, ३० असार २०७९

श्रीलङ्काको सेनाले बिहीबार संसद् भवन नजिकै सेनाका ट्याङ्कहरू तैनाथ गरेको छ  । प्रदर्शनकारीहरूलाई संसदमा प्रवेश गर्नबाट रोक्नको लागि सेनाको ट्याङ्क तैनाथ गरिएको  बताइएको छ । श्रीलङ्काको फ्लावर रोडमा रहेको प्रधानमन्त्रीको कार्यालयमा प्रदर्शनकारीहरूले बुधबार आक्रमण गरेका छन् ।

अहिले टापु राष्ट्र गम्भीर आर्थिक र राजनीतिक सङ्कटमा परेको छ। जुलाई ९ गते प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयमा जबर्जस्ती प्रवेश गरेर विरोध जनाएका थिए । आक्रोशित प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्रीको तत्काल राजीनामाको माग गरेका थिए ।

देश छाडेका राष्ट्रपति गोटाबाया राजापाक्षे र उनकी श्रीमती आज साउदी अरेबियाको मालेबाट सिङ्गापुर प्रस्थान गरेका छन् । अहिले तीन तह प्रहरी, सेना र विशेष बलसहित संसद्को सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले श्रीलङ्का इन्धन र अन्य अत्यावश्यक आपूर्तिहरूको गम्भीर अभावको सामना गरिरहेको छ । बढ्दो मुद्रास्फीतिका कारण देशले सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप