शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयकलाई चुनावको मञ्च बनाउन खोजियो : भीम रावल

बिहीबार, ३० असार २०७९, १७ : ४७
बिहीबार, ३० असार २०७९

नेकपा एमालेका सांसद भीम रावलले सरकारले संसदीय समितिबाट पास भइसकेको नागरिकता विधेयकलाई फिर्ता लिएर चुनावी मञ्च बनाउन खोजेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारले हालै ल्याएको नागरिकता सम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद रावलले राज्य व्यवस्था समितिबाट २ वर्ष लगाएर प्रतिवेदन आइसकेपछि त्यो प्रतिवेदनको कुन दफा कुन धारा नेपाल सरकारलाई मन परेन ? भन्दै प्रश्न गरे ।

 उनले भने– ‘मन नपरेको कुरा के हो भने जसरी विदेशी महिलाले नेपालमा बिहे गरेर आउँदा नागरिकता पाउँछन्, हाम्रा चेलीबेटीहरूले पनि त्यसरी नै नागरिकता पाए हुन्थ्यो । हाम्रोमा सबै खुला गरिदिने अनि हाम्रा चेलीबेटीको अधिकार खोजी नगर्ने ? मिल्यो त ? समानताको कुरा गर्ने ?’ उनले राज्यव्यवस्था समितिले सबै कुरा व्यवस्था गरेपनि सरकारले नागरिकता विधेयकलाई चुनावको मञ्च बनाउन खोजेको आरोप लगाए । 

उनले २ वर्षसम्म राज्यव्यवस्था समितिले गरेको कामलाई अवमूल्यन गरेको बताए । सांसद रावलले राज्यव्यवस्था समितिले गरेको निर्णय मान्नुपर्दैन भन्दै प्रश्न गरे । राज्य व्यवस्था समितिबाट विधेयक अघि बढ्दा एउटा दफामा मात्र विवाद रहेका र त्यसलाई टेकेर ढाकछोप गर्न अर्को विधेयक ल्याइएको रावलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप