नागरिकता विधेयकलाई चुनावको मञ्च बनाउन खोजियो : भीम रावल
नेकपा एमालेका सांसद भीम रावलले सरकारले संसदीय समितिबाट पास भइसकेको नागरिकता विधेयकलाई फिर्ता लिएर चुनावी मञ्च बनाउन खोजेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारले हालै ल्याएको नागरिकता सम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद रावलले राज्य व्यवस्था समितिबाट २ वर्ष लगाएर प्रतिवेदन आइसकेपछि त्यो प्रतिवेदनको कुन दफा कुन धारा नेपाल सरकारलाई मन परेन ? भन्दै प्रश्न गरे ।
उनले भने– ‘मन नपरेको कुरा के हो भने जसरी विदेशी महिलाले नेपालमा बिहे गरेर आउँदा नागरिकता पाउँछन्, हाम्रा चेलीबेटीहरूले पनि त्यसरी नै नागरिकता पाए हुन्थ्यो । हाम्रोमा सबै खुला गरिदिने अनि हाम्रा चेलीबेटीको अधिकार खोजी नगर्ने ? मिल्यो त ? समानताको कुरा गर्ने ?’ उनले राज्यव्यवस्था समितिले सबै कुरा व्यवस्था गरेपनि सरकारले नागरिकता विधेयकलाई चुनावको मञ्च बनाउन खोजेको आरोप लगाए ।
उनले २ वर्षसम्म राज्यव्यवस्था समितिले गरेको कामलाई अवमूल्यन गरेको बताए । सांसद रावलले राज्यव्यवस्था समितिले गरेको निर्णय मान्नुपर्दैन भन्दै प्रश्न गरे । राज्य व्यवस्था समितिबाट विधेयक अघि बढ्दा एउटा दफामा मात्र विवाद रहेका र त्यसलाई टेकेर ढाकछोप गर्न अर्को विधेयक ल्याइएको रावलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण