शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशको ५ जिल्लामा डेढ वर्षभित्र पुग्छः विद्युत प्राधिकरण

बिहीबार, ३० असार २०७९, १७ : ४०
बिहीबार, ३० असार २०७९

नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशका ५ वटा जिल्लामा डेढ वर्षभित्र विद्युत पुग्ने बताएको छ । प्राधिकरणले आज एक विज्ञप्ती निकाल्दै कर्णाली प्रदेशका जुम्ला, मुगु, कालिकोट, हुम्ला र डोल्पा जिल्लामा डेढ वर्ष भित्र बिजुली पुग्ने बताएको हो ।

जुम्लामा विद्युत पुर्याउन ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै, कालिकोटमा बिजुली पुर्याउन ४ करोड ५० लाख रुपैयाँ, हुम्लामा ६ करोड, डोल्पामा ४ करोड, मुगुमा ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको प्राधिकरणले जनाएको छ ।

‘साविकको कर्णाली अञ्चल अर्थात जुम्ला, मुगु, हुम्ला, डोल्पा र कालिकोट जिल्ला विद्युतीकरणको हिसावले निकै पछाडी रहेको छन्,’ प्राधिकरणले जारी गरेको विज्ञप्तीमा उल्लेख छ, ‘यी जिल्लामा अबको डेढ वर्ष भित्र बिजुली पुग्छ । यो आयोजना प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।’

बजेट विनियोजनसँगै प्राधिकरणको आफ्नो लगानीमा र एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंकको ऋण सहयोगमा समेत विद्युतीकरणको कार्यक्रमहरु अगाडी बढाइएको बताइएको छ । यसका लागि साबिकको कर्णाली अञ्चललाई लक्षित गरेर कोहलपुर–सुर्खेत १३२ केभीको लाइन निर्माण सुरू गरिएको छ ।

यस्तै, सुर्खेत–दैलख १३२ केभी लाइनको अध्ययन सम्पन्न भइ बोलपत्र आह्वान गर्ने क्रममा रहेको बताइएको छ । यसैगरी, दैलेख–कालीकोट–जुम्ला १३२ केभी लाइनको सर्वेक्षण तथा विस्तृत डिजाइनको काम भइरहेको बताइएको छ । यसका साथै, सुर्खेतमा विद्युत वितरण दिगो भएमा त्यहाँ हुँदै विद्युत लाईन निर्माण गरिएको मुगु, हुम्ला, जुम्ला, कालिकोट र डोल्पा जिल्लामा समेत विद्युत वितरण प्रणाली भरपर्दो हुने प्राधिकरणले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप