महालेखाले भन्यो – बाहिरी चक्रपथ आयोजना निर्माणमा ढिलाइ हुँदा लागत बढ्यो
महालेखा परीक्षकको कार्यालयले बाहिरी चक्रपथ निर्माणको खर्च बढ्ने जनाएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनले बाहिरी चक्रपथको निर्माण लागत बढ्ने उल्लेख गरेको हो ।
आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गरेपनि अहिलेसम्म काम अघि बढेको छैन । सरकारले जग्गा एकीकरण विधिबाट बाहिरी चक्रपथ निर्माण गर्ने योजना २०६०÷६१ को बजेट वक्तव्यमा राखेको थियो । शहरी विकास मन्त्रालयले २०७४ मा स्वीकृत चोभार÷सतुंगल खण्डको विस्तृत परियोजना प्रतिवेदनअनुसार जग्गा अधिग्रहण नभएकाले चक्रपथ निर्माण कार्य सम्पन्न हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
उक्त खण्ड ९६.६ किलोमिटरमा आवश्यक पर्ने ८ हजार रोपनी जग्गा अधिग्रहणको लागि मन्त्रिपरिषदबाट निर्णय भए पनि अधिग्रहण भएको छैन । जग्गा प्राप्ति ऐन, २०३४ को प्रावधान उल्लेख नभएको कारण अधिग्रहणको लागि सूचना प्रकाशन हुन सकेको छैन । जग्गा अधिग्रहण गर्दा २०६०÷६१ मा प्रतिआना ५ लाख रुपैयाँका दरले ५० मिटर फराकिलो ७१.९६ किमि बाहिरी चक्रपथ निर्माणको लागि ५६ अर्ब रुपैयाँको लागत अनुमान स्वीकृत भएको थियो । जसको मूल्य हाल करीब २ खर्ब ८० अर्ब रुपैयाँ जग्गा अधिग्रहणमा मात्र खर्च हुने देखिन्छ ।
आयोजनाबाट विगत पाँच वर्षमा ३ करोड ५७ लाख ८८ हजार रुपैयाँ प्रशासनिक खर्च बाहेक कुनै भौतिक पूर्वाधारको कार्य भएको छैन । बाहिरी चक्रपथ निर्माणको कार्यान्वयन ढाँचा निश्चित नहुँदा हालसम्मको खर्च उपलब्धिमूलक नदेखिएको महालेखा परीक्षकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण