संसदीय छानबिन विशेष समितिको सदस्य हेरफेर
निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा सत्यतथ्य पत्ता लगाउन गठित संसदीय छानविन विशेष समितिको सदस्य हेरफेर गरिएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो संसदीय छानविन विशेष समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राख्न गरेको प्रस्तावमा सहमति जुटेको हो । जस अनुसार सो समितिमा अव नेपाली काँग्रेसको तर्फबाट सांसद भुसालको ठाउँमा विश्वकर्मा रहनेछन् । सभामुख सापकोटाले भने, ‘माननीय सदस्यहरु, प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७७ बमोजिम गठित संसदीय छानविन विशेष समितिमा माननीय श्री पुष्पा भुसाल गौतमको स्थानमा माननीय श्री मानबहादुर विश्वकर्माको नाम रहने गरी हेरफेर गर्न सभाको सहमतिको लागि प्रस्ताव गर्दछु । प्रस्तावित हेरफेरलाई सहमति जनाई दिनुहुन अनुरोध गर्दछु । प्रस्तावित हेरफेरलाई सभाले सहमति जनाएको घोषणा गर्दछु ।’
नेपाली काँग्रेसकी सांसद भुसालले बिहीबार (आजै) प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवारी दिएकी छन् । आगामी आर्थिक वर्षको बजेटमा अनधिकृत व्यक्तिलाई संलग्न लगाइएको भन्दै त्यसको छानविन गर्न गत असार २२ गते बुधबार सो संसदीय छानवीन विशेष समिति गठन गरिएको थियो । समितिमा प्रमुख प्रतिपक्ष दल एमालेका ४ जनासहित ११ सदस्य रहेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण