शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

डेम्बेलेले बार्सिलोनामा गरे सम्झौता नवीकरण

बिहीबार, ३० असार २०७९, १६ : ४५
बिहीबार, ३० असार २०७९

फ्रेन्च फरवार्ड ओसमाने डेम्बेलेले स्पेनिस क्लब बार्सिलोनासँगको सम्झौता नवीकरण गरेका छन् । बार्सिलोनाले बिहीबार फ्रेन्च फरवार्ड डेम्बेलेले सम्झौता नवीकरण गरेको जनाएको छ ।

बिहीबार नै डेम्बेलेले क्लबमा मेडिकल परीक्षण पनि गरेका छन् । खराब फम तथा धेरैपटक चोटका कारण मैदान बाहिर रहने गरेका डेम्बेलेको यो सिजन अन्य क्लबमा जाने चर्चा थियो ।
डेम्बेलेले थप दुई वर्ष आगामी २०२४ सम्मका क्लबमा सम्झौता नवीकरण गरेका हुन् ।

२५ वर्षीय फरवार्ड २०१७ मा बोरुसिया डर्टमण्डबाट स्पेनिस क्लब आएका थिए । बेम्बेलेले बार्सिलोनाका लागि १५० खेलमा उनले ३२ गोल गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप