प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटा झुक्किएपछि....
बिहीबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संसोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । मन्त्री खाँणले विधेयक प्रस्तुत गरेपछि सभामुख अग्नि सापकोटाले सो विधेयक राष्ट्रियसभामा उत्पति भएको भन्दै त्यसमाथिको छलफलमा बोल्नका लागि सांसदहरुलाई ३ मिनेट समय निर्धारण गरेको बताए । उनले विधेयकको सैद्धान्तिक पक्ष बारेमा मात्र छलफल हुने बताए । सापकोटाले यसो भनिरहेका बेला सांसद अञ्जना विशंखेले केही संकेत गरिरहेको देखे । सभामुखले छेउमा रहेका सचिव गोपालनाथ योगीसँग कानेखुसी गरे । त्यसपछि सभामुखले भने– ‘माननीयज्यू यहाँले के भन्न खोज्नुभएको हो ?’

सांसद विशंखेले भनिन्– ‘सम्माननीय सभामुख महोदय, यो प्रतिनिधि सभामा उत्पति भएको विधेयक भन्नुपर्नेमा राष्ट्रियसभामा उत्पति भएको भन्नुभयो ।’ प्रतिनिधिसभाका सचिव योगीले कानेखुसी गर्दै त्यसलाई सच्याउनका लागि सभामुखलाई सुझाव दिए । सभामुखले भने– ‘यसलाई सच्याइएको छ ।’ त्यसपछि उनले विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग दिन एमाले सांसद कृष्णभक्त पोखरेललाई समय दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण