शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटा झुक्किएपछि....

बिहीबार, ३० असार २०७९, १६ : ४०
बिहीबार, ३० असार २०७९

बिहीबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संसोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । मन्त्री खाँणले विधेयक प्रस्तुत गरेपछि सभामुख अग्नि सापकोटाले सो विधेयक राष्ट्रियसभामा उत्पति भएको भन्दै त्यसमाथिको छलफलमा बोल्नका लागि सांसदहरुलाई ३ मिनेट समय निर्धारण गरेको बताए । उनले विधेयकको सैद्धान्तिक पक्ष बारेमा मात्र छलफल हुने बताए । सापकोटाले यसो भनिरहेका बेला सांसद अञ्जना विशंखेले केही संकेत गरिरहेको देखे । सभामुखले छेउमा रहेका सचिव गोपालनाथ योगीसँग कानेखुसी गरे । त्यसपछि सभामुखले भने– ‘माननीयज्यू यहाँले के भन्न खोज्नुभएको हो ?’

सांसद विशंखेले भनिन्– ‘सम्माननीय सभामुख महोदय, यो प्रतिनिधि सभामा उत्पति भएको विधेयक भन्नुपर्नेमा राष्ट्रियसभामा उत्पति भएको भन्नुभयो ।’ प्रतिनिधिसभाका सचिव योगीले कानेखुसी गर्दै त्यसलाई सच्याउनका लागि सभामुखलाई सुझाव दिए । सभामुखले भने– ‘यसलाई सच्याइएको छ ।’ त्यसपछि उनले विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग दिन एमाले सांसद कृष्णभक्त पोखरेललाई समय दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप