बाढी–पहिरो हेर्ने छुट्टै निकायको व्यवस्था गर्न माग
सत्तारुढ नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले बाढी–पहिरो हेर्ने छुट्टै निकायको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले नेपालमा बाढी र पहिरो हेर्ने निकायनै नभएको उल्लेख गर्दै तत्काल त्यसको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । त्यस क्रममा उनले काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ७ मा बाढी पहिरोका कारण सयौं रोपनी जमिन र त्यसमा लगाइएको बालीनाली नष्ट भएको उल्लेख गर्दै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे ।
सांसद केसीले काठमाडौंको ग्रामिण क्षेत्रमा पनि बाढी र पहिरोको जोखिम हुने गरेको उल्लेख गर्दै त्यसको उचित व्यवस्था गर्न पनि सरकार गम्भिर हुनुपर्ने बताए । यसैगरी नेकपा (माओवादी केन्द्र)का सांसद हरिराज अधिकारीले घना वर्षात्का कारण जोखिममा परेका गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १ का १५५ घरधुरीलाई तत्काल राहत उपलब्ध गराई बसोबासको बैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरे ।
बुधबार अपरान्ह ठूलो घनत्वको वर्षातका कारण आएको दुई वटा पहिरोमा परी ४० घर बगाएको जानकारी गराए । उनले पहिरोले गाईबस्तु, अन्नपात सबै बगाएकाले त्यहाँका नागरिकलाई राहतको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराए । भूकम्पको बेलामा पनि सो बस्ती जोखिममा परेको उल्लेख गर्दै उनले विचल्लीमा परेका उनीहरुलाई उचित बसोबासको व्यवस्था गर्न ढिलाई नगर्न नहुने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण