बाढी–पहिरो हेर्ने छुट्टै निकायको व्यवस्था गर्न माग

सत्तारुढ नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले बाढी–पहिरो हेर्ने छुट्टै निकायको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले नेपालमा बाढी र पहिरो हेर्ने निकायनै नभएको उल्लेख गर्दै तत्काल त्यसको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । त्यस क्रममा उनले काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ७ मा बाढी पहिरोका कारण सयौं रोपनी जमिन र त्यसमा लगाइएको बालीनाली नष्ट भएको उल्लेख गर्दै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे ।
सांसद केसीले काठमाडौंको ग्रामिण क्षेत्रमा पनि बाढी र पहिरोको जोखिम हुने गरेको उल्लेख गर्दै त्यसको उचित व्यवस्था गर्न पनि सरकार गम्भिर हुनुपर्ने बताए । यसैगरी नेकपा (माओवादी केन्द्र)का सांसद हरिराज अधिकारीले घना वर्षात्का कारण जोखिममा परेका गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १ का १५५ घरधुरीलाई तत्काल राहत उपलब्ध गराई बसोबासको बैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरे ।
बुधबार अपरान्ह ठूलो घनत्वको वर्षातका कारण आएको दुई वटा पहिरोमा परी ४० घर बगाएको जानकारी गराए । उनले पहिरोले गाईबस्तु, अन्नपात सबै बगाएकाले त्यहाँका नागरिकलाई राहतको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराए । भूकम्पको बेलामा पनि सो बस्ती जोखिममा परेको उल्लेख गर्दै उनले विचल्लीमा परेका उनीहरुलाई उचित बसोबासको व्यवस्था गर्न ढिलाई नगर्न नहुने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी