शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सहकारीले कर चुक्ताको प्रमाणपत्र पाउन कोपोमिसमा प्रविष्टि हुनुपर्ने

बिहीबार, ३० असार २०७९, १६ : २८
बिहीबार, ३० असार २०७९

आगामी आर्थिक वर्ष २०७९÷८० देखि कोपोमिसमा प्रविष्टि नहुने सहकारी संघ संस्थाहरुले कर चुक्ताको प्रमाणपत्र नपाउने भएका छन् । एक सूचना जारी गर्दै आन्तरिक राजस्व कार्यालयले सहकारी संघ संस्थाहरुलाई एकीकृत सहकारी सूचना केन्द्र (कोपोमिस) मा प्रविष्टि हुन आग्रह गरेको हो । 

अन्यथा आगामी आर्थिक वर्षदेखि कोपोमिसमा प्रविष्टि नहुने संघ संस्थाको करण चुक्ता प्रमाणपत्र रोक्का गरिने विभागले चेतावनी दिएको छ । गत जेठ ९ गते नै नियामक सहकारी विभागले कोपोमिसमा प्रविष्टि हुन सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई परिपत्र गरिसकेको अवस्थामा अटेर गरेमा वा नमानेमा आगामी आर्थिक वर्षदेखि संस्थालाई कर चुक्ताको प्रमाणपत्र प्रदान नगर्ने विभागले जनाएको छ । 

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सक्रियतामा सहकारी विभागले २०७४ सालमा नै करोडौं खर्च गरेर एकीकृत सहकारी सूचना केन्द्र (कोपोमिस) सफ्टवेयर सञ्चालनमा ल्याएको हो । तर, हालसम्म यस सफ्टवेयरमा ९ हजार हारहारीमा मात्र सहकारी संघ संस्थाहरु प्रविष्टि भएका छन् । सहकारी विभागको तथ्यांक हाल मुलुकभर २९ हजार ८८६ सहकारी संघ संस्थाहरु सञ्चालनमा छन् । 

पटक पटक आग्रह गर्दा समेत सहकारीहरूले कोपोमिसमा प्रविष्टि हुन नमानेपछि विभागले पछिल्लो पटक कर प्रमाणीकरण नै रोक्न विभागलाई परिपत्र गरेको हो । विभागको सोही परिपत्र बमोजिम सूचना जारी गरिएको राजस्व विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप