शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

गोरखाको आरुघाटमा पहिरोले १ सय ५५ घर जोखिममा

बिहीबार, ३० असार २०७९, १६ : २४
बिहीबार, ३० असार २०७९

गोरखाको  आरुघाट गाउँपालिका १ च्यामचेतमा पहिरोका कारण १ सय ५५ घर जोखिममा परेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सो निर्वाचन क्षेत्रका सांसद हरिराज अधिकारीले बुधबार साँझ ६ बजे भएको पहिरोको घटनाका कारण ४० घर र पशु चौपाया बगाएकोबारे संसद र सरकारलाई जानकारी गराए ।

२ वटा पहिरोका कारण १ सय ५५ घर जोखिम रहेको र उनीहरु यथास्थितिमा बस्ने अवस्था नभएको जानकारी गराए । सांसद अधिकारीले  उनीहरुको बैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप