देउवालाई निधिको सुझाव : पाँचदलीय गठबन्धन मात्र होइन पार्टीभित्रका शक्तिकेन्द्र र उपकेन्द्रलाई पनि मिलाउनुस्
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले आम चुनावअघि पार्टीभित्रका शक्ति केन्द्र र उपकेन्द्रलाई मिलाएर जान आग्रह गरेका छन् । बिहीबारको केन्द्रीय कार्य समिति बैठकमा उनले पाँच दलीय गठबन्धनसँगै पार्टीभित्र पनि गठबन्धन गरेर जान आग्रह गरे । उनले भने- ‘मैले सभापतिजीलाई भने १४ औं महाधिवेशनमा म पनि तपाईंको खिलाफमा उठेको थिएँ । शेखरजी हुनुहुन्थ्यो । प्रकाशमानजी हुनुहुन्थ्यो । रामचन्द्र, शशांक र सिटौलाजीले चुनाव लड्नु भएको थिएन । तर हामी सबैलाई थाहा छ काँग्रेसमा शक्तिकेन्द्र र उपकेन्द्र छन् । त्यसलाई मिलाएर लैजानुस् ।’
पार्टी सुदृढीकरणका लागि पार्टीभित्रका शक्ति केन्द्र र उपकेन्द्र मिलाउन आवश्यक भएको भन्दै त्यसको जिम्मेवारी सभापतिको काँधमा रहेको बताए । यस्तै उनले पार्टीका विभाग र भ्रातृ संस्थालाई तत्काल पूर्णता दिनुपर्नेमा जोड दिए । उनले स्थानीय निर्वाचनमा बागी उम्मेदवारी दिएर जित्नेहरूलाई पार्टीको पूर्ववत् जिम्मेवारी दिन पनि माग गरे ।
निधिले देउवालाई सरकार गठनको एक वर्षको उपलब्धिप्रति बधाई दिँदै आगामी निर्वाचनसम्म सरकार सञ्चालन गर्ने विषयमा साथ सहयोग रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण