सांसद केसीको प्रश्न : बाढी पहिरो गयो भने सरकारको कुन निकायले हेर्छ ?
नेपाली काँग्रेसका सांसद राजन केसीले बाढी पहिरो रोकथामका लागि सरकारको कुन निकायले हेर्ने हो भन्दै प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने काठमाडौंको दक्षिणकालीमा सायौ रोपनी जमिन पहिरोको जोखिममा परेको भन्दै त्यसलाई कुन सरकारी निकायले हेर्छ भन्दै प्रश्न गरे ।
उनले भने– ‘पहिले बाढी पहिरो जस्ता जोखिम रोकथामका लागि जल उत्पन्न प्रकोप रोकथाम भन्ने विभाग पनि थियो । अहिले यो छैन । अरु कुन निकायले हेर्ने हो । नेपालमा खास त्यस्तो कुनै विभागपनि रहेन । सिंचाईले हेर्ने हो कि जलश्रोतले हेर्ने हो कि ? सिडिओ कार्यालयले हेर्ने हो कि ?’
उनले अघिल्लो वर्षपनि दक्षिणकालीको सोही ठाउँमा पहिरोले ४ घर बगाएको र एकीकृत बस्ती सार्नका लागि प्रस्ताव गरेपनि सो कामपनि हुन नसकेको बताए । अहिले पनि सयौं रोपनी जमिन पहिरोको जोखिममा परेको भन्दै उनीहरुलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन