मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

तरकारी किन्न मिर्चैया बजार गएका युवक मृत फेला

बिहीबार, ३० असार २०७९, १५ : ५६
बिहीबार, ३० असार २०७९

तरकारी किन्न बजार जान्छु भन्दै बुधबार घरबाट निस्केका मिर्चैया नगरपालिकाका २९ वर्षीय जीवन साह आज मृत अवस्थामा फेला परेका छन् । मिर्चैया नपा–९ घुर्मीचोकदेखि एक सय मिटर उत्तर सडक किनारमा उनको शव फेला परेको हो ।

बुधबार अपरान्ह घरबाट प्र२–०१–००३ प ३२४८ नम्बरको मोटरसाइकलमा उनी तरकारी किन्न मिर्चैया बजार गएका थिए । तर, आज  साहको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनी चढेको मोटरसाइकल सडकको अर्को किनारामा ढलेको अवस्थामा भेटिएको छ।


प्रहरीले मोटरसाइकल अनियन्त्रित भएर लडेको हुनसक्ने अनुमान गरेको छ । तर घटना संकास्पद रहेकाले अनुशन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिबहादुर ओलीले जानकारी दिए।

घटनाको प्रकृतिअनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जस्तो देखिए पनि आशंका गर्ने ठाउँ रहेको उनले जनाए। 

घरबाट हिजै निस्केका भए पनि गाउँबाट जन्ती जाने भएकाले जन्ती गएको हुन सक्ने भन्दै घरपरिवारले खोजी नगरेको बताएका छन् । उनको मोटरसाइकलमा तरकारी सहितको झोला समेत भेटिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप