कोभिड–१९ महामारीमा भएको खर्चमा १ करोड ८८ लाख भेटिएन
बिहीबार, ३० असार २०७९, १५ : ४२
कोभिड–१९ का बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका निकायबाट महामारी रोकथाम नियन्त्रण र उपचारका लागि भएको खर्चमा हिसाव मिलान नभएको पाइएको छ । महालेखा परीक्षकको ५९ वार्षिक प्रतिवेदनमा यस वर्ष १ करोड ८८ लाख हिसाव मिलान नभएको पाइएको छ । मन्त्रालय र मातहतका निकायबाट कोभिड–१९ महामारी रोकथाम नियन्त्रण र उपचारको लागि भएको खर्च १० अर्ब ७३ करोड २२ लाख खर्च भएको छ ।
जसमध्ये कार्यालय सञ्चालनमा २६ करोड ७८ लाख खर्च भएको छ । कार्यक्रम खर्च १ अर्ब १५ करोड ६५ लाख खर्च भएको छ । सशर्त अनुदानमा रु ४ अर्ब ४ करोड ९ लाख, औषधि खरिदमा ४ खर्ब ७१ करोड ३५ लाख र पुँजीगततर्फ रु ५५ करोड ३५ लाख खर्च भएको देखिन्छ । तर, महालेखा नियन्त्रण कार्यालयले पेस गरेको केन्द्रीय विवरण अनुसार १० अर्ब ७१ करोड ३४ लाख खर्च भएको पाइएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण