बाबुराम पक्षका नेतालाई कारवाहीको तयारीमा उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी पुनर्गठनको तयारी गरेका छन् । केन्द्रीय समिति र कार्यकारिणी समिति पुनर्गठन गरी जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईसहित उनका पक्षमा लागेका नेताहरुको नाम हटाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।
उपेन्द्र यादवको अध्यक्षतामा वीरगञ्जमा आयोजित केन्द्रीय समिति बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार अधिकांश केन्द्रीय सदस्यले पार्टीमा गैरजिम्मेवारी काम गर्ने नेता तथा कार्यकर्तालाई कारवाही गर्नुपर्ने माग राखेका छन् । सोही अनुसार अध्यक्ष यादव पार्टी पुनर्गठनको तयारीमा जुटेको बताइएको छ ।
ती केन्द्रीय सदस्यले भने, ‘पत्र नै पठाएर कारवाही त गर्दैनन् तर केन्द्रीय समिति र कार्यकारिणी समिति पुनर्गठन गर्दा बाबुराम पक्षका नेताहरुलाई हटाएर उनीहरुको ठाउँमा नयाँ मनोनयन गर्ने अहिलेसम्मको तयारी छ ।’
बाबुराम पक्षका नेताहरुलाई केन्द्रीय समिति तथा कार्यकारिणीबाट हटाएपछि कारवाही सरह नै हुन्छ । यद्यपि पार्टीको आधिकारिक निर्णय साँझसम्म आउने ती नेताले बताए । बैठकमा बोल्ने क्रम जारी छ । बैठकमा सहभागी अधिकांश नेताले बाबुराम पक्षका नेताहरुलाई कारवाही गर्न अध्यक्ष यादवलाई दबाब दिइरहेका छन् ।
यता, बुधबार सम्पन्न बाबुराम पक्षको केन्द्रीय समितिको बैठकमा पनि पार्टी पुनर्गठनको माग उठेको थियो । रुपान्तरणका लागि पार्टीलाई पुनर्गठन गर्नुपर्ने सुझाव नेताहरुले दिएका थिए । वीरगञ्जमा जारी बैठकले के निर्णय गर्छ, त्यसको आधारमा जसपाको बाबुराम पक्ष अगाडि बढ्ने नेताहरुले बताएका छन् ।
बाबुराम पक्षका कार्यकारिणी सदस्य महिन्द्रराय यादवले भने, ‘पार्टी एक राख्ने कि विभाजन गर्ने भन्ने कुरा उपेन्द्र यादवमा निर्भर गर्छ, बल उपेन्द्र यादवको कोर्टमा छ ।’ उपेन्द्र यादवले आफूहरुमाथि कारवाही गरे नयाँ पार्टी बनाएर अगाडि बढ्ने सोच बाबुराम पक्षको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण