आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से सूचक २ हजारमा उक्लियो, २ अर्ब ४१ अर्बको कारोबार

बिहीबार, ३० असार २०७९, १५ : ३६
बिहीबार, ३० असार २०७९

बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले वृद्धि हुँदै २ हजार अंकमा उक्लिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १४.७१ अंकले बढेर २००१.५३ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक एकै दिन ५९ अंकले बढ्दै १९८६ अंकमा अडिएको थियो । आज १३ वटै उपसूचक धनात्मक भएर बजार नै हरियाली भएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक २.०४ प्रतिशतले बढेको छ भने, माइक्रोफाइनान्स समूहको १.२८ प्रतिशतले, फाइनान्स समूहको १.६१ प्रतिशत बढेको छ । 

यस्तै बैंकिङ समूहको उपसूचक ०.५३ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक ०.९५ प्रतिशतले, होटल तथा पर्यटन समूहको ०.४० प्रतिशतले, इन्भेष्टमेन्ट समूह ०.०५ प्रतिशतले, जीवन बीमा समूह ०.१२ प्रतिशतले, म्यानु एण्ड प्रो समूह ०.७५ प्रतिशतले, म्युचुअल फन्ड ०.७४ प्रतिशतले, निर्जीवन बीमा समूह ०.३६ प्रतिशतले, ट्रेडिङ समूह ०.२९ प्रतिशतले र अन्य समूहको उपसूचक ०.३४ प्रतिशतले बढेको छ । 
१४ अंकमाथिले बढेको बजारमा आज २ अर्ब ४१ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप