नेप्से सूचक २ हजारमा उक्लियो, २ अर्ब ४१ अर्बको कारोबार
बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले वृद्धि हुँदै २ हजार अंकमा उक्लिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १४.७१ अंकले बढेर २००१.५३ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक एकै दिन ५९ अंकले बढ्दै १९८६ अंकमा अडिएको थियो । आज १३ वटै उपसूचक धनात्मक भएर बजार नै हरियाली भएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक २.०४ प्रतिशतले बढेको छ भने, माइक्रोफाइनान्स समूहको १.२८ प्रतिशतले, फाइनान्स समूहको १.६१ प्रतिशत बढेको छ ।
यस्तै बैंकिङ समूहको उपसूचक ०.५३ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक ०.९५ प्रतिशतले, होटल तथा पर्यटन समूहको ०.४० प्रतिशतले, इन्भेष्टमेन्ट समूह ०.०५ प्रतिशतले, जीवन बीमा समूह ०.१२ प्रतिशतले, म्यानु एण्ड प्रो समूह ०.७५ प्रतिशतले, म्युचुअल फन्ड ०.७४ प्रतिशतले, निर्जीवन बीमा समूह ०.३६ प्रतिशतले, ट्रेडिङ समूह ०.२९ प्रतिशतले र अन्य समूहको उपसूचक ०.३४ प्रतिशतले बढेको छ ।
१४ अंकमाथिले बढेको बजारमा आज २ अर्ब ४१ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण