आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ई–स्पोर्टस विवादमा बोले बालेन शाह

बिहीबार, ३० असार २०७९, १५ : ३५
बिहीबार, ३० असार २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ई–स्पोर्टस विवादमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका बिषयमा ध्यानाकर्षण भएको उल्लेख गर्दै ई–स्पोर्टस्लाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको स्पष्ट गरेका छन् ।  सामाजिक सञ्जालमार्फत उनले ई–स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएको स्पष्ट गरेका छन् । 

‘आधुनिक विश्वमा ई–स्पोर्टस खर्बौंको आर्थिक योगदान गर्ने विधा हो । नेपालमा पनि यसको व्यवसायीक पाटो बढ्दैछ भने यहि बर्ष हुने एसियाली खेलमा ई स्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई–स्पोर्टसका खेलाडीहरूले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन्’, उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो । कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ । फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन ।’

शाहले आफूलाई चुनावी अभियानमा सघाउने रुटिङ अफ नेपाल बन्दका सञ्चालकको कम्पनीलाई सहयोग पुग्ने गरी १ करोड बजेट छुट्याएको आरोप लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप