देशभित्र मात्रै होइन, अन्तर्राष्ट्रियस्तरमा पनि गठबन्धन हुन्छ : परराष्ट्रमन्त्री
नेपाली काँग्रेसका नेता तथा परराष्ट्रमन्त्री डा.नारायण खड्काले राजनीतिक दलका बीचमा गठबन्धन स्वाभाविक भएको बताएका छन् । उनले गठबन्धन राजनीतिक दलका बीचमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरमा पनि हुने बताए ।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै खड्काले विचार नमिल्ने देशहरुबीच समेत गठबन्धन हुने गरेको उल्लेख गर्दै देशभित्रै विचार नमिल्ने पार्टीसँग गठबन्धन हुनु स्वाभाविक भएको बताए । पार्टीका कतिपय केन्द्रीय सदस्यहरुले चुनावमा विचार नमिल्ने कम्युनिस्टहरूसँग गठबन्धन गर्न नहुने धारणा राखेपछि खड्काले यस्तो धारणा राखेका हुन् ।
‘विचार नमिल्ने देशसँग त गठबन्धन भएको छ भने मुलुकभित्र हुँदैन भन्ने होइन’, उनले भने, ‘गठबन्धन विश्वव्यापी मान्यता बन्दै गएको छ । गठबन्धन गरेर जाँदा पार्टीलाई पनि घाटा छैन । स्थानीय तह निर्वाचनमा पनि गठबन्धन गर्दा राम्रो नतिजा आएको छ। संघ र प्रदेशमा पनि गठबन्धन गरेर जानुपर्छ ।’ उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले राम्रो काम गरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपालको उपस्थिति दर्बिलो भएको जिकिर गरे ।
उनले एमसीसी पास भएर नेपालको अन्तर्राष्ट्रिय छवि उज्यालिएको दाबी गर्दै एसपीसी भने अघि नबढ्ने स्पष्ट गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण