एमालेले गभर्नरलाई भन्यो– एम अधिकारी तपाईं होइन !
नेकपा एमालेले योजना तथा अर्थ विभागका सदस्य एम. अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको प्रस्टीकरण दिएको छ ।
गभर्नर अधिकारीले आफूलाई एमालेको अर्थ तथा योजना विभागमा नियुक्त एम अधिकारीसँग जोडेर प्रचार गरिएकाले स्पष्ट पार्न पत्र लेखेसँगै एमाले केन्द्रीय कार्यालयले एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको प्रस्टीकरण दिएको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले हस्ताक्षर गरेको उक्त प्रस्टीकरणमा, ‘विभागमा उल्लेखित एम अधिकारी सामाजिक सञ्जाल, सञ्चारमाध्यममा समेत उक्त व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर हो भनी भ्रम सिर्जना भएकोमा हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । हाम्रो कमिटी र विभागहरूमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था छैन’, भनिएको छ । एमालेले भनेको छ, ‘तसर्थ विभागमा उल्लेखित एम अधिकारी खोटाङ भनी उल्लेखित व्यक्ति तपाई राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको ब्यहोरा स्पष्ट गर्दछु ।’
तर एमालेले एम अधिकारी को हो ? भन्नेबारे भने अझै खुलाउन सकेको छैन । २०७३ सालमा महाप्रसाद अधिकारी एमालेको सोही विभागका सदस्य रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
