एमालेले गभर्नरलाई भन्यो– एम अधिकारी तपाईं होइन !

नेकपा एमालेले योजना तथा अर्थ विभागका सदस्य एम. अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको प्रस्टीकरण दिएको छ ।
गभर्नर अधिकारीले आफूलाई एमालेको अर्थ तथा योजना विभागमा नियुक्त एम अधिकारीसँग जोडेर प्रचार गरिएकाले स्पष्ट पार्न पत्र लेखेसँगै एमाले केन्द्रीय कार्यालयले एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको प्रस्टीकरण दिएको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले हस्ताक्षर गरेको उक्त प्रस्टीकरणमा, ‘विभागमा उल्लेखित एम अधिकारी सामाजिक सञ्जाल, सञ्चारमाध्यममा समेत उक्त व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर हो भनी भ्रम सिर्जना भएकोमा हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । हाम्रो कमिटी र विभागहरूमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था छैन’, भनिएको छ । एमालेले भनेको छ, ‘तसर्थ विभागमा उल्लेखित एम अधिकारी खोटाङ भनी उल्लेखित व्यक्ति तपाई राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको ब्यहोरा स्पष्ट गर्दछु ।’
तर एमालेले एम अधिकारी को हो ? भन्नेबारे भने अझै खुलाउन सकेको छैन । २०७३ सालमा महाप्रसाद अधिकारी एमालेको सोही विभागका सदस्य रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म