स्वास्थ्य मन्त्रालयको १ अर्ब २२ करोड बेरुजू
बिहीबार, ३० असार २०७९, १५ : ०४
महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ अर्ब २२ करोड बढी बेरुजू देखिएको छ । प्रतिवेदनमा स्वास्थ्य मन्त्रालय तथा सो मातहतका निकायको १ अर्ब २२ करोड २८ लाख १८ हजार बेरुजू रहेको उल्लेख गरिएको हो ।
सो मध्ये ६० करोड ४२ लाख १९ हजार म्याद नाघेको पेश्की रहेको छ । अन्य संस्था र समिति गरी २६ वटाको २ अर्ब ९ करोड ४७ लाख ५१ हजार बेरुजू देखिएको छ । सो मध्ये ३५ करोड ९० लाख ६३ हजार म्याद नाघेको पेश्की रहेको प्रतिवेदनमा उल्लेख छ ।
मन्त्रालय र मातहत गरी १६ सरकारी कार्यालयको ३६ अर्ब ४६ करोड ३० लाखको लेखापरीक्षण भएको छ । २६ अन्य संस्था र समितिको ५५ अर्ब ५ करोड ९२ लाखको लेखापरीक्षण भएको महालेखा परीक्षणको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
-
'सेयर खरिदविक्री रोक्नु विदेशी लगानी कानुन तथा द्विपक्षीय सम्झौता वर्खिलाप'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण