आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयको १ अर्ब २२ करोड बेरुजू

बिहीबार, ३० असार २०७९, १५ : ०४
बिहीबार, ३० असार २०७९

 महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ अर्ब २२ करोड बढी बेरुजू देखिएको छ । प्रतिवेदनमा स्वास्थ्य मन्त्रालय तथा सो मातहतका निकायको १ अर्ब २२ करोड २८ लाख १८ हजार बेरुजू रहेको उल्लेख गरिएको हो । 

सो मध्ये ६० करोड ४२ लाख १९ हजार म्याद नाघेको पेश्की रहेको छ ।  अन्य संस्था र समिति गरी २६ वटाको २ अर्ब ९ करोड ४७ लाख ५१ हजार बेरुजू देखिएको छ । सो मध्ये ३५ करोड ९० लाख ६३ हजार म्याद नाघेको पेश्की रहेको प्रतिवेदनमा उल्लेख छ ।   

 मन्त्रालय र मातहत गरी १६ सरकारी कार्यालयको ३६ अर्ब ४६ करोड ३० लाखको लेखापरीक्षण भएको छ ।   २६ अन्य संस्था र समितिको ५५ अर्ब ५ करोड ९२ लाखको लेखापरीक्षण भएको महालेखा परीक्षणको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप