शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बेपत्ता बालकको शव भेटियो

बिहीबार, ३० असार २०७९, १४ : ४३
बिहीबार, ३० असार २०७९

बुधबारदेखि बेपत्ता बालकको शव भेटिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ६ स्थित हाँडीखोला धापका १२ वर्षीय अनुज बस्नेतलाई बुधबार बगाएको थियो ।

बालकको शव आज हाँडीखोला र इन्द्रावतीको दोभानमा भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले जानकारी दिए । 

उनले बर्खाको समयमा नदी तथा खहरे खोला आसपास नजान समेत आग्रह गरे । उनले अहिले पनि खेल्ने, नुहाउने, माछा मार्ने लगायतको बाहानामा बालबालिका तथा अन्य मानिस खोलामा जाने गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप