बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

दोर्दी खोलाको कारोबार खुलेसँगै सर्किट लागेर बढ्यो भाउ

बिहीबार, ३० असार २०७९, १३ : ३१
बिहीबार, ३० असार २०७९

दोर्दी खोला जलविद्युत कम्पनीको सेयर कारोबार बिहीबारदेखि सुरु भएको छ । दोर्दीको पहिलो कारोबार ३०७.१० रुपैयाँमा खुला भएको हो ।

नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १०२ रुपैयाँ ३९ पैसादेखि अधिकतम ३०७ रुपैयाँ १७ पैसा तोकेको थियो । सोही रेन्जको अधिकतम विन्दुबाट यसको कारोबार सुरु भएको हो । यद्यपि, कारोबार खुलेको केही समयमै यसको सेयर भाउ सकारात्मक सर्किट लागेर बढेको छ ।

बिहान ११ः०५ बजेसम्ममा यसको भाउ १० प्रतिशतले बढेर ३३७.८० रुपैयाँ पुगेको छ । दोर्दी खोलाको चुक्त पुँजीका आधारमा कायम एक करोड पाँच लाख ४२ हजार ६०४ कित्ता सेयर बुधबार सूचीकरण भएको थियाे । ‘डीओआरडीआई’ संकेतमा यसको सेयर कारोबार सुरु भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप