दोर्दी खोलाको कारोबार खुलेसँगै सर्किट लागेर बढ्यो भाउ
बिहीबार, ३० असार २०७९, १३ : ३१
दोर्दी खोला जलविद्युत कम्पनीको सेयर कारोबार बिहीबारदेखि सुरु भएको छ । दोर्दीको पहिलो कारोबार ३०७.१० रुपैयाँमा खुला भएको हो ।
नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १०२ रुपैयाँ ३९ पैसादेखि अधिकतम ३०७ रुपैयाँ १७ पैसा तोकेको थियो । सोही रेन्जको अधिकतम विन्दुबाट यसको कारोबार सुरु भएको हो । यद्यपि, कारोबार खुलेको केही समयमै यसको सेयर भाउ सकारात्मक सर्किट लागेर बढेको छ ।
बिहान ११ः०५ बजेसम्ममा यसको भाउ १० प्रतिशतले बढेर ३३७.८० रुपैयाँ पुगेको छ । दोर्दी खोलाको चुक्त पुँजीका आधारमा कायम एक करोड पाँच लाख ४२ हजार ६०४ कित्ता सेयर बुधबार सूचीकरण भएको थियाे । ‘डीओआरडीआई’ संकेतमा यसको सेयर कारोबार सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार