सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मानव सेवा आश्रममा वृद्ध मृत अवस्थामा फेला

बिहीबार, ३० असार २०७९, १२ : ४५
बिहीबार, ३० असार २०७९

काठमाडौँको नागार्जुन नगरपालिका–१ रानीवनस्थित मानव सेवा आश्रममा एक वृद्ध मृत फेला परेका छन् । धादिङ कल्लेरी गाउँपालिका–७ घर भएका ६५ वर्षीय नवराज परियार बुधबार मृत अवस्थामा फेला परेका हुन् ।  हाल काठमाडौं महानगरपालिका–२२ हनुमानढोकास्थित सडकमा बस्ने परियारलाई गत शनिबार उद्धार गरी उक्त आश्रममा राखिएकोमा सुतिरहेको अवस्थामा उनको शव फेला परेको हो । 

उता डोटीको पूर्वीचौकी गाउँपालिका–३ ठाडा गाउँ बस्ने ६० वर्षीया मनसरी बोहरा सोही गाउँपालिका–६ गण्डिगाड खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । शनिबार घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । 

त्यस्तै गोरखा नगरपालिका–८ आहाले गाउँस्थित बाटोको छेउमा सोही ठाउँ बस्ने २४ वर्षीय अनिश आले बुधबार मृत अवस्थामा फेला परेका छन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका-१ शिव चोकस्थित सडक किनारामा पनि परिचय नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप