शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले उपसभामुखको निर्वाचनमा लोसपालाई सघाउने

बिहीबार, ३० असार २०७९, १२ : ३१
बिहीबार, ३० असार २०७९

नेकपा एमालेले उपसभामुखमा लोसपालाई सघाउने भएको छ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले लोसपाले उम्मेदवार बनाउने भनेकाले उनीहरुको उम्मेदवारलाई सघाउने बताए । 

‘लोसपाले चन्दा चौधरीलाई उम्मेदवार बनाउने भनेको छ । उनीहरुको संसदीय दलको बैठक जारी छ । निर्णय आइसकेको छैन’, नेम्वाङले भने, ‘लोसपाले उम्मेदवार उठाएन भने एमालेले उठाउँछ, नत्र उहाँहरुलाई नै समर्थन रहन्छ ।’

लोसपा बाहेक अन्य दलले आफ्नो दलसँग सहयोग नमागेको भन्दै त्यसै सघाउन जान नसकिने नेम्वाङको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप