सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

क्यानडामा ४७७ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि

बिहीबार, ३० असार २०७९, १२ : २८
बिहीबार, ३० असार २०७९

क्यानाडाको जनस्वास्थ्य एजेन्सीले बुधवारसम्म देशमा कुल ४७७ जना मङ्कीपक्स सङ्क्रमण भएको पुष्टि गरेको छ। एजेन्सीका अनुसार क्युबेकमा  २८४, ओन्टारियोमा १५६, ब्रिटिश कोलम्बियामा २९ र अल्बर्टाका आठ जनामा सङ्क्रमण पुष्टि भएको छ ।  

राष्ट्रिय माइक्रोबायोलोजी प्रयोगशालाले मङ्कीपक्स निम्त्याउने भाइरसको निदानात्मक परीक्षण गरिरहेको बताएको  छ। मङ्कीपक्सले व्यापक सङ्क्रमण निम्त्याउन सक्ने र यो रोग सामान्यतया मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरूमा बढ्ता पाइएको  बताइएको छ । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार मङ्कीपक्स अर्थोपक्स भाइरस परिवारसँग सम्बन्धित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप