शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणकाजी भन्छन्– संवैधानिक परिषदसम्बन्धी विधेयक तत्काल फिर्ता गर्नुपर्छ

बिहीबार, ३० असार २०७९, १२ : २४
बिहीबार, ३० असार २०७९

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संवैधानिक परिषद सम्बन्धि विधेयक तत्काल फिर्ता लिनुपर्ने बताएका छन् । बिहीबारको राष्ट्रिय सभामा बोल्दै नेता श्रेष्ठले तत्कालीन केपी ओली नेतृत्वको सरकारले ल्याएको त्यस्तै विधेयक फिर्ता गर्न लगाएको भन्दै अहिले सरकारमा रहेका दलहरुले त्यसबेला विरोध गरेको सारतत्वको विधेयक कसरी ल्याउन मिल्छ भन्दै प्रश्न गरे । 

‘डबल स्ट्यान्डर्ड कहिले सम्म हाम्रो देशमा ? सरकारमा हुँदा एउटा कुरा, विपक्षमा हुँदा अर्को कुरा गर्न मिल्छ ? यही लोकतन्त्रको विधि र नैतिकता । त्यसो गर्न मिल्दैन’,श्रेष्ठले भने,‘यो संवैधानिक परिषद ऐनको संशोधन विधेयक तत्काल सरकारले फिर्ता लिनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप