आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

‘सुन मुन्द्रे’ भनेर चिनिने सुवास घिसिङ पक्राउ

बागमती सभ्यताका कर्मचारी कुटेको आरोप
बिहीबार, ३० असार २०७९, १२ : ११
बिहीबार, ३० असार २०७९

 ‘सुन मुन्द्रे’ भनेर चिनिएका ठेकेदार सुवास घिसिङलाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको पाख्रिबास घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ बस्ने ४८ वर्षीय घिसिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

असार २७ मा गोकर्णेश्वर–६ स्थित नयाँबस्तीमा उनले बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी बलराम श्रेष्ठलाई कुटेको आरोप छ । फोहोर अनुगमन गर्न गएका श्रेष्ठलाई कुटेको आरोपमा प्रहरीले घिसिङलाई ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा मुद्दा चलाएको छ । 

फोहोरको विषयमा विबाद हुँदा घिसिङले उनलाई मुक्का प्रहार गरेका हुन् । घटनाबारे प्रहरी वृत्त बौद्धले अदालतबाट ३ दिनको म्याद लिएर अनुन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप