घनश्याम भुसालको टिप्पणी : भन्नलाई समृद्ध नेपाल सुखी नेपाली, तर कसरी आउँछ थाहा छैन

नेकपा एमालेका नेता घनश्याम भुसालले राम्रो राष्ट्र बनाउने हो भने राम्रो राजनीति चाहिने बताएका छन् । बिहीबार ललितपुरमा नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै भुसालले राम्रो राजनीति चाहने हो भने राम्रो पार्टी चाहिने बताए । उनले विज्ञानको विकास कर्मचारीतन्त्रलाई खेदेर मात्र, पुँजीपति वा वैज्ञानिकले घोत्लिएर मात्र संभव भएन भने राजनीतिबाट गर्नुपर्ने र त्यसका लागि राजनीति राम्रो हुनुपर्नेमा जोड दिए ।
उनले भने–‘ राम्रो राष्ट्रको परिकल्पना गरेर राजनीति चाहियो, राम्रो राजनीति चाहने हो भने राम्रो पार्टी चाहियो । खराब राजनीतिक पार्टी भएको देशको राम्रो भविष्य हुँदैन् । राम्रो पार्टी भनेको वैज्ञानिक चेतना भएको पार्टी हुनुपर्यो । वीपीले २०१२ सालतिर प्रजातान्त्रिक समाजवाद भनेर एउटा वाक्य लेख्नुभएको थियो । अहिले पनि काँग्रेस त्यही भन्दैछ । प्रजातान्त्रिक समाजवाद कसरी आउँछ भनेर वैज्ञानिक तरिकाले भनिदियो वा परिक्षण गर्न सकिने तरिकाले भनिदियो भने त्यो काँग्रेसको वैज्ञानिक विचार भयो । तर त्यो कसैले भन्दैन ।’
उनले एमालेले समृद्ध नेपाल सुखी नेपाली भन्ने गरेको, माओवादी केन्द्रले २१ औं वैज्ञानिक जनवाद भन्ने गरेको तर त्यो कसरी आउँछ भन्न नसकेको बताए । उनले भने–‘हामी एमाले वालाले भन्ने गरेको छौँ समृद्ध नेपाल सुखी नेपाली तर कसरी आउँछ थाहा छैन् । प्रचण्ड कमरेडले अस्ति पार्टीको महाधिवेशनमा २१ औं शताब्दीको वैज्ञानिक के के भन्नुभयो त्यो कसरी आउँछ थाहा छैन् । नेकपा एकीकृत समाजवादी यात्रा समृद्धिको लक्ष समाजवादको भन्छ, कसरी आउँछ परिक्षण गर्न सक्नेगरी भनिदेउन । दुईमा दुई जोड्दा चार हुन्छ । तीनमा २ घटाउँदा १ हुन्छ, ३ मा २ जोड्दा ५ हुन्छ भने जस्तै गरी बताइदियो भने समृद्ध नेपाल सुखी नेपाली, २१ औं शताब्दीको वैज्ञानिक समाजवाद, यात्रा समाजवादको, प्रजातान्त्रिक समाजवादको प्रस्ट हुन्थ्यो । यिनको यी सिद्धान्त यिनीहरुले बनाएका यी कार्यक्रमहरु वैज्ञानिक छैन ।’
पढेका जानेका बुझेका ३० लाख हाराहारी मानिसहरु सदस्यता लिएर हाल सक्रिय राजनीतिमा रहेको बताउँदै उनीहरुको चेतना बैज्ञानिक नभएको उनको टिप्पणी छ । नेता भुसालले यस्तो अवस्थामा मुलक कता जान्छ भन्दै प्रश्न गरे । देशमा यस्तो अस्वस्थ रहँदा माथिल्लो राजनीतिक नेतृत्वले गाडी र साडी व्यापारी पुँजीपतिसँग लगन गाँठो कसेर राष्ट्र दोहन गरेर बस्ने र ज्ञान, विज्ञान र चेतना मर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारीका अवकाश प्राप्त विद्यार्थी नेताहरूले पाए जिम्मेवारी (विवरणसहित)
-
नेपाल र म्यानमारबिचको खेल हेर्न रंगशालामा भिड (तस्बिरहरू)
-
मन्त्रीका स्वकीय सचिवको सुसाइड नोट, ‘गिरोहले अफवाह फैलाए, मलाई बदनाम गराए’
-
एप स्टोरबाट एप्पलले हटायो १ लाख ३५ हजार एप
-
रम्तेल स्मृति राष्ट्रिय पुरस्कार आमा सरिमायालाई
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता