आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एमसीसीबारे सरकारले तत्काल पत्र लेख्नुपर्छ : नारायणकाजी श्रेष्ठ

बिहीबार, ३० असार २०७९, १२ : ०२
बिहीबार, ३० असार २०७९

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसीबारे अमेरिकालाई तत्काल पत्र लेख्नुपर्ने बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै एमसीसी १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरेपनि अमेरिकाले अहिलेसम्म व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार नगरेको भन्दै सरकारले तत्काल पत्र लेख्नुपर्ने बताएका हुन् ।

‘अमेरिकाले एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकार नगरेको खण्डमा एमसीसी स्वतः खारेज हुने व्याख्या संसदमै गरिएको थियो’, श्रेष्ठले भने, ‘तर अहिलेसम्म अमेरिकाले त्यसबारे केही प्रतिक्रिया दिएको छैन ।’ नेता श्रेष्ठले अमेरिकाले उक्त व्याख्यात्मक घोषणा नस्वीकारे जटिल समस्या आउनसक्ने बताए । ‘तत्काल एमसीसीको अनुमोदन गर्दा गरेको धारणाका लागि पत्र लेख्न पहल कदमी गर्न सरकारलाई अनुरोध गर्दछु’, उनले भने, ‘अन्यथा जटिल समस्या आउनसक्छ वा एमसीसीलाई नयाँ ढंगले सोच्नुपर्ने हुनसक्छ ।’ 

साथै उनले एसपीपीका बारेमा पनि सत्यतथ्य बाहिर आउनुपर्ने बताए । ‘२०१५ मा केपी ओली नेतृत्वको सरकारले पत्र लेखेको भनेर आयो, तर उहाँले होइन भन्नुभयो । तर तत्कालीन रक्षा सचिवले उहाँलाई सोधेर लेखेको हो भन्नुभएको छ । त्यसबारेमा ठोस रुपमा स्पष्टिकरण नआउनुले गम्भीर आशंका पैदा हुन्छ’, श्रेष्ठको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप