कलाकार प्रज्ञाको टेलिचलचित्र ‘माया’ सार्वजनिक
कलाकार तथा निर्माता प्रज्ञा जोशीको निर्माण रहेको टेलिचलचित्र ‘माया’ सार्वजनिक भएको छ । जातिय भेदभावको कथावस्तु प्रस्तुत गरिएको टेलिचलचित्र समाजमा चेतना फैल्याउन उदेश्यले निर्माण भएको हो ।
प्रज्ञा फिल्मस्को ब्यानरमा बनेको टेलिचलचित्रमा हास्य-व्यङ्ग्य र मनोरञ्जनात्मक विषयवस्तु भरपूर समेटिएका छन् । प्रज्ञा जोशी, रश्मी भट्ट, आरजे सिंह, सरोज दाहाल, रमेश अधिकारी, राजाराम गौतम, मुना भण्डारी, रविना बस्ताकोटी, प्रिया वाइवा लगायत कलाकारको अभिनय टेलिचलचित्रमा देख्न सकिन्छ ।
‘यो एउटा नितान्त पारिवारिक र सामाजिक यथार्थताको भाव टेलिचलचित्रले बोकेको छ’ निर्माता प्रज्ञाले भनिन् , ‘साँचो प्रेम गर्नेहरुका लागि जातभातले रोक्नुहुन्न, विभेद अन्त्य हुनुपर्छ भन्ने मुल सन्देश यसले दिन खोजेको छ ।’
टेलिचलचित्रका लेखक तथा निर्देशक सरोज दाहाल हुन् । प्रज्ञा फिल्मस्को अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक टेलिचलचित्रको छायाङ्कन तथा सम्पादन जोन चाम्लिङ राईले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त लेखामान बोर्ड, लेखापरीक्षणमान बोर्ड अध्यक्ष र अर्थमन्त्रीबिच भेटवार्ता
-
मेगा अक्सनपछि आईपीएलमा सहभागी टोलीहरूको अवस्था
-
पाँच वर्षका लागि वर्ल्डलिङ्कले पायो दुईवटा लाइसेन्स
-
नाष्टको ४८ औँ प्राज्ञसभा : १२ विधामा पुरस्कार प्रदानको निर्णय
-
पिकअप गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु
-
गढीमाई मेलाको अवसरमा ७ दिने कृषि एक्स्पो हुँदै