आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सबै राजनीतिक दल एउटै हुन् भन्ने न्यारेटिभ बनाउन खोजिँदै छ : प्रचण्ड

बिहीबार, ३० असार २०७९, ११ : ४८
बिहीबार, ३० असार २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै राजनीतिक दल एउटै नभएको टिप्पणी गरेका छन् । नेपालमा विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीहरू बाहिरी आवरणमा एउटै देखिए पनि धेरै ठुलो भिन्नता रहेको बताए । 

‘सबै राजनीतिक दल एउटै छन् भन्ने न्यारेटिभ बनाउन खोजिएको छ । त्यो बढो डरलाग्दो छ । सबै दलहरु उस्तै छैनन्’ प्रचण्डले भने, ‘त्यहाँ बहस र छलफल छ । त्यहाँ दुई खालका प्रवृत्ति र दुइ खालका विचार छन् । एउटा वैज्ञानिक ढंगले काम गर्नुपर्छ भनेर बल गर्ने अर्को परम्परागत सोच्ने खालका छ ।’ एमालेप्रति लक्षित गर्दै प्रचण्डले कतिपय दलहरु संघीयता खारेज गर्नुपर्छ भन्दै खुलेआम बोल्न थालेको बताए । अहिलेका परिवर्तनका सबै मुद्धा उल्ट्याएर मुलुकलाई निरंकुशतातिर लग्न खोजिएको प्रचण्डको भनाई छ । बरु संघीयतालाई बलियो बनाउन संविधान बमोजिम ऐन कानुन बनाउन लाग्नुपर्ने उनले बताए । 

संविधान बनाउने अवस्थालाई स्मरण गर्दै प्रचण्डले कतिपय नेताहरुले के भाउँतो ल्याएका होलान् भन्दै प्रदेश र स्थानीय तहको संरचना बनाउँदा भन्ने गरेको बताए । ‘हिजो एकथरी साथीहरुले नेपालमा गणतन्त्र नेपालमा सम्भव छैन भन्ने ठान्थे । संविधान बनाउने क्रममा ती पार्टीका नेताहरु हमेशा सशंकित हुन्थे’ स्मरण गर्दै प्रचण्डले भने, ‘के भाउँतो ल्याएका होलान् । जाने मानेको गाविस ठिकै थिए । वडाहरू ठिकै थिए । सेन्टलाइज सिस्टम नै ठिकै थियो भन्ने लागि नै राखेको थियो ।’ संविधान बनाइसकेपछि ऐन बनाउने क्रममा प्रदेश र स्थानीय तहमा पनि त्यस्तै अप्ठ्यारो भइरहेको प्रचण्डले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप