श्रीलंकाको यात्रा नगर्न यी ३ देशले गरे आफ्ना नागरिकलाई अनुरोध
बेलायत, सिंगापुर र बहराइनले आफ्ना नागरिकहरूलाई श्रीलंकाको गैर–आवश्यक यात्रा नगर्न आग्रह गरेका छन् । अभूतपूर्व आर्थिक संकटबीच देशमा ठूलो विरोध प्रदर्शन भइरहेका बेला ती देशले अत्यावश्यक अवस्थामा बाहेक श्रीलंकाको भ्रमण नगर्न आफ्ना नागरिकलाई अनुरोध गरेका हुन् ।
टापु देश श्रीलंकाले गम्भीर आर्थिक संकट सामना गरिरहेको छ, जसले गर्दा औषधि, खाना पकाउने ग्यास, इन्धन र खाद्यान्नलगायतका आधारभूत आवश्यकताको अभाव छ ।
प्रदर्शनकारीले कार्यबहाक राष्ट्रपति रनिल विक्रमासिंघेको राजीनामा माग गर्दै बुधबार विशाल प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा एक विद्यार्थीको मृत्यु भएको छ । केही प्रदर्शनकारी प्रहरीको घेरा तोडेर प्रधानमन्त्रीको निवासमा पुगेका थिए । तर, प्रधानमन्त्री निवासमा छैनन् ।
बुधबार माल्दिभ्स भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे आज सिंगापुर जाने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन