सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

नक्कली ‘आईपीएल’ क्रिकेट म्याच, असली सट्टेबाजी, गुजरातमा यस्तोसम्म भयो

बिहीबार, ३० असार २०७९, ११ : १७
बिहीबार, ३० असार २०७९

साँझ पर्नासाथ राजमार्गबाट केही टाढा एक सानो गाउँको बाँझो खेतमा गतिविधि बढ्न थाल्छ । बत्ती बालेपछि कृषि श्रमिकहरु तिनको माटो लागेको कपडा बदलेर क्रिकेट खेलाडीको जर्सी लगाउँछन् र क्रिकेट टुर्नामेन्ट सुरु हुन थाल्छ ।

यो टुर्नामेन्टको हरेक म्याचमा युट्युबमा लाइम गरेर विदेशीहरु त्यसमा पनि रुसीहरुबाट लाखौंको बोली लगाइन्थ्यो । यो कुनै फिल्मको कथाजस्तो लाग्न सक्छ तर यो सबै गुजरातको मेहसाण जिल्लाको मोलीपुर गाँउको वास्तविक घटना हो । 

यो गाउँको अधिकांश मानिस खेती बारीको काममा संलग्न रहन्छन् र त्यहाँको खेती मनसुनमा निर्भर रहन्छ । रोजगारीको अन्य साधन नहुँदा गाउँका अधिकांश युवा कमाउनको लागि विदेश जान्छन् । यस्तै कमाउन विदेश गएका सोहेब दबन्डाले पनि आफ्नो एक तहको पढाई सकेपछि रुस गएका थिए । 

त्यहाँ उनले एक पबमा काम गरे । पबमा आउने अधिकांश मानिस रक्सी पिउनुको साथै सट्टेबाजीमा पनि सरिक देखिन्थे । युक्रेनमाथि रुसी आक्रमण सुरु भएपछि सोहब गुजरात फर्किए । रुसमा रहँदा उनले धेरै कमाउन सकेका थिएनन् । 

यसरी सुरु भयो सट्टेबाजीको धन्दा
विसनगरमा व्यवसाय रहेका हुमायू मन्सुरी भन्छन् ,‘ रुसबाट फर्किएपछि सोहेबले खुब अंग्रेजी बोल्न लागेका थिए । उनले त्यहाँबाट खेतीको एक क्रान्तिकारी प्रविधि सिकेको बताए । उनले मानिसहरुलाई एक खेत भाडामा लिएर नयाँ तरिकाले खेती गर्ने बताए । उनले खेतको भाडा राम्रै रकम दिने बताए । उनको कुरामा विश्वास गरेर गुलाम मासी नामका एक किसानले उनलाई आफ्नो जग्गामा भाडा दिए ।’

मेहसाणामा विशेष अपरेशन समूहका इन्स्पेक्टर बी. एच. राठौरका अनुसार मेहसाणमा खेलाइने खेललाई युट्युब च्यानलको सहयोगमा क्रिकेट सट्टेबाजीको -याकेट चलाइँदै थियो । 
राठौरका अनुसार रंगशालामा खेल हुँदा ठूलै प्रतियोगिता भएझैं कमेन्ट्रीको पनि व्यवस्था गरिएको थियो ।  बलरले विकेट लिएपछि दर्शकको उत्साहको शोरका लागि इन्टरनेटबाट डाउनलोड गरिएको आवाजलाई खेलस्थलमा राखिएको लाउडस्पिकरबाट बजाइन्थ्यो । 

जाँचको क्रममा क्रिकेट म्याच खेलाइने स्थान खास क्रिकेट ग्राउण्ड नै नभएको पायो । त्यहाँ त एक सपाट मैदानमा पहेलो रंगको म्याट बिच्छ्याएर ग्राउण्डजस्तो बनाइएको थियो । 
थप अनुसन्धानको दौरान संलग्न व्यक्तिले ‘क्रिच हिरोज’ नामक मोबाइल एपमा सेन्चुरी हिट्र्स नामको एक टिम रजिस्टर्ड गरेको पाए । सोहेब र उनका रुसमा रहेका उनका साथी आसिफ मोहम्मदले लेनदेनको यो धन्दा चलाईरहेका थिए । 

यसरी चल्थ्यो -याकेट
‘सोहेबले रुसमै यस सबको योजना बनाएका थिए । उनले भारत आएपछि छेउछाउका गाउँमा काम गर्ने कृषि श्रमिकलाई प्रति खेल  ४०० भारु तथा क्रिकेटको ड्रेस दिएर खेल्न राजी गराएका थिए । सहभागी यी श्रमिकलाई आफू सट्टेबाजीको नेटवर्क चालउने काममा संलग्न भन्ने पनि थाहा थिएन,’ राठौरले भने । 

उनका अनुसार तिनले अहिले यस मुद्दामा पुलिसलाई सघाउन सहमति जनाएका छन् । 
सेन्चुरी हिटर्स नाम दिइएको यस जाली लिगमा भारतका विभिन्न राज्यहरूको नाममा आधा दर्जन ‘टोली’ बनाइएका थिए । गाउँका करिब दुई दर्जन स्थानीय युवाहरु नै कपडा फेरेर सबै टिममा खेल्ने गर्थे । ती खेलाडीबोहक दुई अम्पायर र दुई आयोजकहरू थिए । 

एक जना आयोजकले कमेन्टेटरको भूमिका निभाउन थाले र उनी एक चर्चित भारतीय क्रिकेट पण्डितको नक्कल गरेर कमेन्ट्री गर्थे । 
दुई वटा हाई–डेफिनिशन क्यामेराले खिचिएको प्रतियोगिताको भिडियो जम्मा २५५ सब्क्राईबर भएको युट्यूब च्यानलबाट प्रत्यक्ष प्रसारण गरिन्थ्यो । सट्टेबाजीका लागि आयोजकहरूले स्थापना गरेको एक टेलिग्राम च्यानलमार्फत प्रतियोगिताको लागि बोली लगाइन्थ्यो । बोली लगाउनेहरु लगभग सबै नै मस्को, भोरोनेझ र टभरमा बस्ने व्यक्तिहरु रहेको प्रहरीले बतायो । यी सब सोहेब रुसमा रहँदाको परिचित हुनसक्ने प्रहरीको आशंका छ । 

खेल अवधिमा अम्पायरहरू वाकीटकी प्रयोग गरेर आयोजकहरूसँग कुराकानी गर्ने व्यवस्था मिलाइएको हुन्थ्यो । र आयोजकहरु उही समयमा टेलिग्राममार्फत सट्टेबाजसँग सम्पर्कमा हुन्थे ।  यो सम्पर्क अम्पायरहरू खेलको नतिजा प्रभावित बनाउनको लागि मैदानमा रहेका खेलाडीहरूलाई निर्देशन दिने गरेको पनि प्रहरीले पाएको छ । यसो गरेर धेरै रकम आउने गरी खेल नतिजा प्रभावित बनाइन्थ्यो । म्याचपछि सोहेबलाई पैसा पठाइन्थ्यो, सोहेब सम्पूर्ण खर्च काटेर बाँकी पैसा आफू राख्थे । 

कसैले दिएको सूचनालाई पछ्याउदै जाँदा प्रहरीले गत साता पक्राउ परेका चार जनाको ठेगानासम्म पुगेको थियो । तिनको खेलमा रुसका तीन शहरका सट्टेबाजहरुले बोली लगाउने गरेका पाइएको छ । 
भारतले विश्वको सबैभन्दा धेरै पैसा भएको क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) आयोजना गर्ने गर्छ । तमिलनाडुजस्ता केही राज्यहरूले पनि आईपीएलको ढाँचामा आफ्नै स्थानीय लीगहरू सुरू गरेका छन् । 
भारतीय घोडा दौडमा लगाइने दाउबाहेक अन्य खेलमा सट्टेबाजी गर्न अनुमति दिँदैन । तर पनि प्रहरीले बारम्बार क्रिकेट खेलमाथि पैसा लगाउनेहरु पक्राउ गरिरहेको हुन्छ ।

आईपीएलको एक टोलीका पूर्व निर्देशक जोय भट्टाचार्यले मेहसानामा अहिले खुलासा भएकोजस्तो नक्कली लीग भने सट्टेबाजी गराउने उद्देश्यले नै संचालन गरिने बताए । ‘आयोजकहरूले निश्चित खेलहरू लाइभ स्ट्रिम गर्छन् र त्यो सबै बनावटी नाटक मात्र हुन्छ, वास्तविक खेल हुदैन ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप