शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

थारू लोकसाहित्य प्रकाशित

बिहीबार, ३० असार २०७९, १० : ५८
बिहीबार, ३० असार २०७९

लक्ष्मी माली तथा डा.कृष्णराज सर्वहारीको सम्पादनमा ‘थारू लोकसाहित्य’ प्रकाशित भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको यस पुस्तकमा थारू समुदायका विविध भाषिका अन्तर्गतको लोक साहित्य समेटिएको छ । 

यसमा मोरङिया थारू लोक साहित्यबारे रामसागर चौधरी, सप्तरिया थारू लोक साहित्यबारे नन्दलाल चौधरी, चितोनिया थारू लोकसाहित्यबारे कारी महतो, रुपन्देहीमा थारू लोकसाहित्यको अवस्थाबारे बमबहादुर थारू, डंगौरा थारू लोकसाहित्यबारे भूमिका थारू र बुनु थारूको लेख रहेको छ । त्यस्तै, डेसौरी थारू लोकसाहित्यबारे पवनकुमार थारू, कठरिया थारू लोकसहित्यबारे विष्णुप्रसाद कठरिया तथा रानाथारू लोकसाहित्यबारे करम सिंह राना तथा बासमती कुमारी रानाको लेख रहेको छ । 

पुस्तकका सम्पादक डा.कृष्णराज सर्वहारीका अनुसार समाविष्ट सबै लेखको थारू भाषामा अनुवाद पनि समेटिएकाले थारू भाषाको विविधता बुझ्न स्वयम् थारू भाषीलाई पनि पुस्तकले मद्दत गर्नेछ । 

                                                            

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप