बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रेरक भनाइ : भोको मानिसलाई ज्ञानको कुनै अर्थ हुन्न

बिहीबार, ३० असार २०७९, १० : ५२
बिहीबार, ३० असार २०७९

१, विनम्रता सबै गुणको आधारशिला हो । विनम्रता विना अन्य गुणको अवस्था त्यस्तै हुन्छ, जस्तो नून विना तरकारीको हुन्छ । त्यसैले यदि ज्ञानी र गुणी बन्नु छ भने पहिले विनम्र हुन सिक्नुपर्छ । चिनियाँ दार्शनिक कन्फ्युसियस
२, अरूको निन्दा वा चियोचर्चो गर्दै हिँड्ने मानिसले विना काममा आफ्नो शक्ति खेर फालिरहेको हुन्छ । जीवनमा केही गर्नुछ भने, केही गरेर देखाउनु छ भने अरूले के गरे र के भने भन्नेतिर नभई आफूले के गरिएको छ र के भनिएको छ भन्नेतिर ध्यान दिनुपर्ने हुन्छ । होइन भने जीवन व्यर्थ बितिरहेको हुन्छ । विलियम शेक्सपियर
३, प्रतिकुल अवस्थामा शत्रुलाई पनि काँधमा बोकेर हिँड्नुपर्ने हुन्छ । होइन भने विजयको चाहना चाहनामै सीमित हुन्छ । महर्षि वेदव्यास
४, बहस वा विरोध गर्न सकिन्छ तर यसबाट पूर्णरूपमा जित्न भने कसैलाई पनि सकिन्न । भौतिकरूपमा जित्न सके पनि उसको सद्भावलाई जित्न भने सकिएको हुँदैन । डेल कार्नेगी
५, रिसको कुनै काम छैन । जति बढी क्रोध गरियो त्यति बढी आफैँलाई हानि गरिरहेको हुन्छ । प्रत्येक एक मिनेट क्रोध गर्नु भनेको साठी सेकेन्ड मनको शान्ति हराउनु हो । त्यसैले जीवनमा कसैले केही गर्न सक्छ त्यसैले सक्छ, जसले क्रोधमाथि विजय पाउने प्रयास गरेको हुन्छ । इमर्सन
६, प्राय हामी कुनै सम्प्रदायमा आबद्ध हुनु वा यज्ञअनुष्ठान गर्नुलाई धर्म भन्ने गछौँ तर यथार्थ त्यस्तो होइन । वास्तवमा धर्म भनेको कुनै सिद्धान्त वा अनुष्ठान नभई जीवनको अनुभव हो । आद्यशङ्कराचार्य
७, जिन्दगीले दिने सबैभन्दा उत्कृष्ट उपहार भनेको असल काममा कडा मिहिनेत गर्ने अवसर दिनु हो । त्यसैले उन्नति र प्रगति गर्न चाहनेले जिन्दगीबाट केही पाइएन भन्नेतिर नभई उसले दिएको उपहारको महत्व बुझ्नेतिर ध्यान दिनुपर्ने हुन्छ । थियोडोर रुजबेल्ट 
८, कुनै पनि काम सुरू गर्नुपूर्व आफैँसँग यो काम किन गर्ने, कसरी गर्ने र त्यसको केकस्तो फाइदा छ भन्ने कुराको तीन पटक प्रश्न गर्नुपर्छ । होइन भने काम पूरा गर्न सकिए पनि प्रतिफलबारे यसै भन्न सकिन्न । आचार्य चाणक्य 
९, जस्तो सोचिएको हुन्छ त्यस्तै बनिन्छ । असल कुरा सोचे असल बनिन्छ खराव कुरा सोचे खराब बन्न पुगिरहिएको हुन्छ । त्यसैले असल मानिस हुन चाहनेले असल कुरा नै सोच्ने वानी बसाउनुपर्छ । गौतम बुद्ध 
१०, भोको मानिसलाई ज्ञानको कुनै अर्थ छैन । यदि उसलाई ज्ञान दिनु छ भने पहिले खान दिनुपर्छ । सत्यसाइ बाबा
११, बुद्धिमान मानिसले आफूले सोचेको सबै कुरा भन्दै हिँड्दैन तर उसले बोलेको सबै कुराले अर्थ राख्छ । एरिस्टोटल  
स्रोत – विभिन्न पत्रपत्रिका
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप