सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

खराब पार्टीबाट मुलुकको भविष्य राम्रो हुँदैन : भुसाल

बिहीबार, ३० असार २०७९, १० : ४४
बिहीबार, ३० असार २०७९

नेकपा एमाले नेता घनश्याम भुसालले खराब पार्टीबाट राम्रो मुलुक बन्न नसक्ने ठोकुवा गरेका छन् । नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै भुसालले राम्रो राजनीति पार्टीले मात्रै विज्ञानको विकास गर्ने बताए । 

‘राम्रो राष्ट्र बनाउने हो भने राम्रो राजनीति चाहिन्छ । राम्रो राजनीति चाहिने हो भने राम्रो पार्टी चाहिन्छ । विज्ञानको विकासको जरो नै त्यहीँ हो’ भुसालले भने, ‘हाम्रो ब्युरोक्रेसीले हेर्यो भने नहिँड्ने गोरुलाई तराईमा खेद्छौ त्यसरी खेदेर हिँड्छ कि ? त्यो पूँजीवादले गर्दिने हो कि ? कसले गर्ने हो विज्ञानको विकास ? पात्र कुन हो ?’ 

केबल ल्यावमा बसेको साइन्टिसहरुले मात्रै विज्ञानको विकास गर्न नसक्ने भन्दै भुसालले त्यसका लागि राम्रो राजनीति हुनुपर्ने बताए । ‘राम्रो राष्ट्रको परिकल्पना गर्ने हो भने राम्रो राजनीति चाहियो चाहियो । राम्रो राजनीति चाहिने हो भने राम्रो पार्टी चाहिन्छ’ भुसालले भने, ‘खराव पार्टीबाट मुलुकको भविष्य राम्रो हुँदैन । राम्रो पार्टी भनेको वैज्ञानिक चेतना र उन्नत चेतना भएको हुनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप