शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

शुक्रबारको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका सांसदलाई एमालेको निर्देशन

उपसभामुखको उम्मेदवारबारे बालकोटमा छलफल
बिहीबार, ३० असार २०७९, १० : १७
बिहीबार, ३० असार २०७९

नेकपा एमालेले शुक्रबार हुने प्रतिनिधि सभाको उपसभामुख पदमा गठबन्धनको उम्मेदवार हेरेर उम्मेदवारी दिने भएको छ । 

उपसभामुख पदका लागि आज बिहीबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । दिउँसो साढे १ बजेभित्र मनोनयन दर्ता गर्नुपर्ने भएकाले पार्टीका तर्फबाट उम्मेदवार कसलाई बनाउने भनेर एमाले शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । छलफल अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भइरहेको छ । 

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टीका तर्फबाट कसलाई उम्मेदवार बनाउने भन्ने छलफल भइरहेको बताए ।  ‘विभिन्न तहमा छलफल भइरहेको छ, छलफल सकिएपछि मात्रै कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लाग्छ’, नेम्वाङको भनाइ छ । उनले शुक्रबार हुने उपसभामुखको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीका सवै सांसदहरुलाई शुक्रबारको बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको बताए । 

‘हामीले हाम्रा सवै माननीयहरूलाई शुक्रबारको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन गरेका छौ’, नेम्वाङको भनाइ छ । 

एमाले नेताहरुका अनुसार सत्ता गठबन्धनले गठबन्धन भित्रैबाट उम्मेदवार अघि सारे एमालेले पनि उम्मेदवार उठाउने छ । ‘गठबन्धनले पाँच दलीय गठबन्धन भित्रैबाट उम्मेदवार बनाए एमालेले पनि उम्मेदवारी दिन्छ । यदि पाँच दलीय गठबन्धन बाहिरबाट कसैलाई उम्मेदवार बनायो भने दिदैन’, एमालेका एक पदाधिकारीले रातोपाटीलाई भने, ‘उम्मेदवार बनाउँदा पार्टीले महिलालाई नै बनाउँछ तर व्यक्ति टुंगो लागेको छैन, १२ बजे तिर टुंगो लाग्छ ।’ 

गठबन्धनका तर्फबाट काँग्रेसका पुष्पा भुसाललाई उम्मेदवार बनाउने तय भैसकेको छ । प्रतिनिधि सभामा सत्ता गठबन्धनको बहुमत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप