सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

देशभर मनसुनी वायुको सामान्य प्रभाव

बिहीबार, ३० असार २०७९, ०६ : ०४
बिहीबार, ३० असार २०७९

हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बागमती प्रदेश र  गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा  र हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिहीबार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा  र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।  देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप