विदेशी ऋण खर्चै नगरी ब्याज तिर्दै सरकार
बिहीबार, ३० असार २०७९, ०५ : ४७
![विदेशी ऋण खर्चै नगरी ब्याज तिर्दै सरकार](https://rpcdn.ratopati.com/media/albums/finance-artha-mantralaya_YYQXrXeeYo.jpg)
सरकारले विदेशबाट ऋण लिने र प्रयोग नै नगरी ब्याज मात्र तिरिरहेको पाइएको छ । निश्चित योजनाबिना नै सरकारले ऋण मात्र लिने र खर्च नगर्दा देशलाई अतिरिक्त भार पर्ने गरेको पाइएको हो ।
नेपाल सरकारले आर्थिक वर्ष २०७७/८८ मा वैदेशिक स्रोतबाट सडक पूर्वाधारका लागि मात्र ३८ अर्ब ४१ करोड १७ लाख ऋण लिएको छ । सो वैदशिक ऋणमध्ये सरकारले १० अर्ब १० करोड ७२ लाखको मात्र खर्च गरेको छ ।
बाँकी करिब ७४ प्रतिशत अर्थात् २८ अर्ब ३१ करोडको भने प्रयोग नै नगरी ब्याज तिरेको पाइएको हो । महालेखा परीक्षकको कार्यालयले प्राप्त ऋणको उपभोग नै नगरिएकाले ऋण रकमममा समेत ब्याज तिर्नुपर्ने अवस्थामा रहेको भन्दै वैदेशिक स्रोतको उपयोग क्षमता बढाउन भनेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पतालले १० प्रतिशत निःशुल्क उपचार सुविधा दिनुपर्छ : स्वास्थ्य मन्त्री
-
जुसको बट्टाभित्र कोकिन, दुई जना विदेशी पक्राउ
-
बैंकको निक्षेप ६३ खर्ब नाघ्यो, कर्जा लगानी ७९ प्रतिशत मात्रै
-
पिकनिक मनाउन गएका एकै परिवारका ४ जनाको डुबेर मृत्यु
-
देउवा–ओली भेट हुनासाथ सत्ता समीकरण उलटफेर हुँदैन : सांसद सापकोटा
-
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई अप्ठ्यारो पार्ने काम भयो : शाही