शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

साउन पहिलो साताभित्र ३० हजार टन युरिया मल नेपाल भित्रिने

बुधबार, २९ असार २०७९, २३ : ०६
बुधबार, २९ असार २०७९

कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रसिंह यादवले साउन पहिलो साताभित्र ३० हजार टन युरिया मल नेपाल आइसक्ने बताएका छन् । वीरगञ्जमा आजदेखि शुरु भएको जनता समाजवादी पार्टी को केन्द्रीय समितिको उद्घाटन कार्यक्रममा बोल्दै कृषि मन्त्री यादवले युरिया मल ओमानबाट गाडीमा लोड भएर हिँडिसकेकोले साउन पहिलो सातासम्म नेपाली नाका सम्म आइसक्ने बताएका हुन् । उनले  थप २० हजार टन युरिया साल्ट ट्रेडिङले पनि ल्याउन लागेको जनाएका छन् ।

प्रत्येक वर्ष बजारमा मल अभाव भएपछि किसानहरु कालोबजारीमा चर्को मूल्य तिरेर वा भारतीय सीमाबाट तस्करी गरेर ल्याएको मल किनेर धान खेतमा हाल्न बाध्य भएका छन् भारतसँग खुल्ला सीमा  जोडिएका जिल्लाहरुमा किसानले ल्याएको १–२ बोरा मल स्थानीय प्रहरी प्रशासनले नियन्त्रणमा लिएर दुख दिने गरेको भन्दै कृषिमन्त्री यादवले भारतबाट नेपाली किसानले मल ल्याउँदा नाकामा खटिएको प्रहरी प्रशासनलाई सहज गरिदिन निर्देशन समेत दिएको बताए ।
 ‘३० हजार टन युरिया ओमानबाट हिँडिसकेको छ, कलकत्ता आउन १०–१२ दिन लाग्छ, कलकत्ता आएपछि साउन पहिलो हप्तामा नेपालको बोर्डरमा आइपुग्छ, २० हजार टन साल्ट पनि लोड भइरहेको छ’ कृषि मन्त्री यादवले भने, ‘खुला सिमाना कारण निश्चित रुपमा किसानहरुले उताबाट मल ल्याउँछन्, मल ल्याउँदा स्थानीय प्रशासनले नरोक भनेर आदेश पनि दिएको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप