बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

रोल्पा पूर्णखोप सुनिश्चित जिल्ला घोषित

बुधबार, २९ असार २०७९, २१ : २७
बुधबार, २९ असार २०७९

रोल्पा नेपालको ६४औँ पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ । बुधबार रोल्पा सदरमुकाम लिवाङमा आयोजित एक कार्यक्रममा रोल्पालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

हालसम्म राष्ट्रिय खोप तालिकामा १३ वटा खोप समावेश गरिएको छ । सोहीअनुसार जन्मेदेखि १५ महिनाभित्रका सबै बालबालिकाले यो खोप पूर्णरूपमा लगाएको हुनु पर्दछ । तोकिएको मापदण्डअनुसार यस वर्ष रोल्पाका चार हजार ४९९ बालबालिकाले खोप लगाएको सुनिश्चित भएकाले रोल्पालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख नोखराज पोख्रेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप