लुम्बिनी प्रदेशमा रहेका प्रहरी संरचना कर्णालीमा ल्याउने पहल गर्छु : डीआईजी पोखरेल

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले लुम्बिनी प्रदेशमा रहेका कर्णालीका संरचनाहरु कर्णालीमा ल्याउन पहल थाल्ने बताएका छन् । त्यसका लागि भौतिक पूर्वाधारको प्रक्रियामा सरकारले सहयोग गर्नुपर्ने उनले बताए ।
भर्खरै मात्र सुरुवा भएर कर्णालीमा आएका पोखरेलले बुधबार पत्रकारसँग भेटघाट कार्यक्रममा भने, ‘संघीयताको मर्म अनुसार प्रदेश भित्रैबाट सञ्चालन हुनुपर्ने भएपनि अझै लुम्बिनी प्रदेशबाट प्रहरी संरचना हुनु दुःखद हो । म यहाँ रहुञ्जेल सम्म प्रदेश प्रहरी मातहतका सबै कार्यालय यहाँ ल्याउने पहल हुन्छ ।’
प्रदेश प्रहरी मातहतमा रहने प्रहरी तालिम केन्द्र, कुकुर शाखा अझै पनि बाँकेको नेपालगन्जबाट सञ्चालनमा छन् । यस्तै संघीय प्रहरी इकाई, ड्रग शाखा र दंगा नियन्त्रण प्रहरी कार्यालय पनि नेपालगन्जबाट नै सञ्चालन भइरहेका छन् । डीआईजी पोखरेलले भने,‘ सुरक्षा निकायका महत्वपूर्ण संरचना प्रदेश बाहिर छन् । यसले त कसरी प्रदेशको शान्ति र अमनचयन हुन्छ ?’ साथै पोखरेलले आफु कर्णालीमा रहुञ्जेल सम्म प्रदेशको शान्ति सुरक्षामा कुनै कमी हुन नदिने बताए ।
पत्रकारहरुले समग्र कर्णालीमा सुरक्षा निकायमा भएका समस्याका बारेमा डीआईजी पोखरेललाई जानकारी गराएका थिए । जवाफमा पोखरेलले सबै क्षेत्रको समन्वयमा भइरहेका समस्याहरुलाई समाधान गर्दै लैजाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविको ‘भाइरल तस्बिर’ बारे छानबिन गर्न समिति गठन
-
माधव र वामदेवबिच पार्टी एकताबारे छलफल
-
माओवादीले गर्यो पाँच विषयमा छलफल गर्न कोशी प्रदेश सभाको अधिवेशन माग
-
वीरगन्ज नाकाबाट १३२ जना महिला र बालबालिकाको उद्धार
-
नौबिसे–मुग्लिङ सडक आंशिक बन्द हुने
-
संसदीय समितिमा प्रधानमन्त्री ओलीको अनावश्यक चासो, विधेयक ‘होल्ड’ गराउने तयारी !