बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

लुम्बिनी जनरल इन्स्योरेन्सले बोनस शेयर वितरण गर्ने

बुधबार, २९ असार २०७९, १८ : ५२
बुधबार, २९ असार २०७९

लुम्बिनी जनरल इन्स्योरेन्सले बोनस शेयर वितरण गर्ने भएको छ । बुधबार सम्पन्न कम्पनीको १७औं वार्षिक साधारण सभाले ९.५ प्रतिशतले खुद हुन आउने बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको हालको अधिकृत पुँजी १ अर्ब २५ करोडबाट बृद्धि गरी ३ अर्ब कायम गर्ने तथा मर्जर सम्बन्धी काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि साधारणसभाबाट पारित भएको छ । 

त्यसैगरी, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा विश्व राज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र  उमेश रेग्मीलाई चयन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप