बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जंगली च्याउ खाँदा रुकुम पश्चिममा पाँच जना बिरामी

बुधबार, २९ असार २०७९, १८ : ४५
बुधबार, २९ असार २०७९

रुकुम पश्चिममा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् । जिल्लाको बाफीकोट गाँउपालिका ७ मग्मा नदुवा बस्ने वर्ष ३६ का आशिराम खत्रीले घर नजिकै रहेको जंगलबाट च्याउ ल्याई खाँदा उनीसहित परिवारका पाँच जना बिरामी परेका हुन् । 

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार आशिरामकी श्रीमती छोराछोरी र भान्जा बिरामी परेका हुन् । उनीहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ  । प्रहरीका अनुसार आशिराम खत्री र उनकी छोरी बेहोस अबस्थामा छन् भने अरु सामान्य बोल्न सक्ने अबस्थामा छन्  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप